बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली नक्कली नोटको कारोवार गर्ने गिरोहका नाइके अझै फरार

बुधबार, ११ साउन २०७४, १७ : ०५
बुधबार, ११ साउन २०७४

 
बिराटनगर–विराटनगरमा पाँच सय र एक हजारका नक्कली नेपाली नोटको कारोवारमा संलग्न गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेपनि नाईके अझै फरार रहेका छन् ।   

बिराटनगरका बिभिन्न बाणिज्य बैकहरुमा सटही गर्दा बण्डलमा  नक्कली नोट मिसाएर सटही गर्ने खुद्रा बजारमा नक्कली नेपाली नोट फैलाउने  गिरोहका दुई जना सदस्यलाई लामो समयको निगरानी पछि  मोरंग प्रहरीले पक्राउ गरेपनि नाईके भने अझै फरार रहेका हुन ।  
लामो समयको निगरानीपछि  गिरोहका दुई जना सदस्यलाई पाँच सय दरका नक्कली नोट ३४८ थान  अर्थात एकलाख ७४ हजार सहित  बिराटनगर ७ का २१ बर्षिय सुमन तोलाङी र बिराटनगर ६ का २२ बर्षिय संगित महतोलाई पक्राउ गर्न सफल भएको मोरंगका एसपी संन्दिप भण्डारीले बताए ।

उनिहरु दुबैलाई प्रहरीले सक्कली नोट दिएर नक्कली नोट खरिद गर्ने बहानामा पक्राउ गरेको थियो । महतोलाई नक्कली पाँच सय रुपैया ७५ हजार र तोलाङीलाई ९९ हजार रुपैया सहित पक्राउ गरेको  प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरिएका दुबैलाई अबैध मुद्रा कारोवार (खोटा चलन) को आरोपमा मुद्दा दर्ता गरेको प्रहरीले  छ । पक्राउ परेका महतो १० कक्षा पढेका  र तोलाङी १२कक्षा पढेका अल्लारे युवा  भएकोले नाइके  अरु नै भएको र उनिहरु सबै फरार रहेको  प्रहरीको दाबी छ । 

गत बर्षदेखी बिराटनगरमा नक्कली नोट छयाप्छयाप्ती देखिन थालेपछि निगरानी बढाउन राष्ट्र बैकले प्रहरीलाई आग्रह गरेको थियो । त्यसपछि मोरंग प्रहरीले बाणिज्य बैक र बित्तिय संँस्थाहरुसँग  सहकार्य गरि नक्कली नोटको कारोवार गर्नेहरुको खोजी थालेको थियो । अनुसन्धानका क्रममा व्यवस्थित ढंगले नक्कली नोट फैलाउने काम भैरहेको पाईएपछि प्रहरीले गिरोहको संलग्न रहेको ठहर गरि निगरानी बढाएको थियो ।

गिरोहका  नाइकेहरु फरार  

एसपी संन्दिप भण्डारीका अनुसार नक्कली नेपाली रुपैयाको कारोवार गर्नेहरुको ठूलो गिरोह रहेको पत्ता लागिसकेको र पक्राउ गरेकाहरु तीनै गिरोहका सदस्य मात्र भएको बताए । पहिचान भैसकेकोले  गिरोहका नाइकेहरुलाई पनि पनि प्रहरीले केही दिनभित्रै पक्राउ गर्ने उनले दाबी गरे । भने ,– ‘हामी गिरोहका नाइकेहरुको  नजिक पुगिसेकका छौ चाँडै पक्राउ गर्ने छौ ।, 

नोट छाप्ने प्रबिधिबारे प्रहरी अनभिज्ञ
 
गिरोहले चलाखी पुर्वक फैलाउँदै आएको नक्कली नोट कुन प्रबिधि प्रयोग गरेर कहाँ छापिएको हो भन्नेबारे प्रहरीले पत्ता लगाउन सकेको छैन । सक्कली भन्दा केही छोटो , वाटरमार्क नभएको र आन्तरिक धर्को नभएको नक्कली नोट झ¤हेर्दा कसैले पनि छुटयाउन सक्दैन । यसैले सक्कली नोटको बण्डलमा मिसाएर गिरोहले नक्कली नोटको कारोवार गर्ने गरेको प्रहरीको दाबी छ । एसपी भण्डारीले भने , – ‘कुन प्रबिधि प्रयोग गरेर नक्कली नेपाली नोट छापिएको हो खुलेको छैन बिधि बिज्ञान प्रयोगशालाको जाँच र हाम्रो अनुसन्धानपछि मात्र प्रष्ट होला ।, 
बिराटनगरमा गत बर्षको  चैतको पहिलो सातादेखि नेपाली पाँचसय र एक हजारका नक्कली नोट देखा पर्न थालेका थिए । 
बाणिज्य बैकहरुमा एकपछि अर्को नक्कली नोट देखापर्न थालेपछि राष्ट्र बैक बिराटनगरले पनि नियन्त्रणमा चासो देखाएको थियो । यसकालागि बाणिज्य बैक , प्रहरी र बित्तिय संस्था र मनिचेन्जरका प्रतिनिधिहरुलाई नक्कली नोट चिन्न आवश्यक प्रशिक्षण पनि दिएको थियो ।  प्रहरीले पनि नक्कली नोट देखापरे तत्काल खवर गर्न सबैलाई आग्रह गरेको थियो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप