मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

शनिबार, २९ मङ्सिर २०७५, १९ : ३९
शनिबार, २९ मङ्सिर २०७५

भादगाउँ । चाँगुनारायण नगरपालिका–२ दुवाकोट चोकमा मोटरसाइकलले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । 

दुवाकोटबाट नारायणटारतर्फ जाँदै गरेको बा४३प ६५४० नंको मोटरसाइकल अनियन्त्रित हुँदा मोरङ घर भई हाल मध्यपुर राधेराधे बस्ने ४० वर्षीया प्रमीला गौतमलाई ठक्कर दिँदा उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज दुवाकोट लगेकामा अस्पतालले न्यूरो अस्पताल बाँसबारी पठाइएको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्ररही परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

प्रहरी नायब उपरीक्षक पोखरेलले मोटरसाइकल र चालक चाँगुनारायण नपा–२ दुवाकोट बस्ने २२ वर्षीय अलिस खर्बुजालाई नियन्त्रण लिइ घटनाका बारेमा थप अनुुसन्धान भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप