शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साग लक्षित विशेष प्रशिक्षण सुरु

शनिबार, २९ मङ्सिर २०७५, १९ : ३५
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारी समितिले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु गरेको छ ।

प्रशिक्षणमा हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद (एसियाड) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सामेल गरिएको छ । एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो, उसु र प्याराग्लाइडिङ गरी १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा सहभागी छन् । 

प्याराग्लाइडिङले पुरुष टिम क्रसकन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो । उक्त पदक नेपालले १८औं एसियाडमा हासिल गरेको एक मात्र पदक थियो । विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत जितेका थिए ।

राखेपका सदस्य सचिव केशवकुमार बिष्टले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरे । प्रशिक्षणको जिम्मेवारी सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई दिइएको छ । राखेपले प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकलाई ट्रयाकसुट पनि प्रदान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप