बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जिसिएम सम्मेलनमा सहभागी भई श्रममन्त्री बिष्ट स्वदेश फिर्ता

शनिबार, २९ मङ्सिर २०७५, १९ : ०२
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मोरक्कोको माराकेसमा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) सम्मेलनमा सहभागी भई आज स्वेदश फर्किएका छन् । 

मन्त्री विष्ट नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले यही मङ्सिर २४ र २५ गते भएको उक्त सम्मेलनमा सहभागिता जनाएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै उनले सुरक्षित आप्रवासनका लागि सबैको सहकार्यको आवश्कतामा जोड दिएका थिए । 

सम्मेलनमा नेपालका तर्फबाट मन्त्री विष्ट, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहाल र वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईँले सहभागिता जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप