शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कौडा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

शनिबार, २९ मङ्सिर २०७५, १८ : ३०
शनिबार, २९ मङ्सिर २०७५

नवलपरासी । मध्यबिन्दु नगरपालिका–२ मदनपुरमा जुवातास खेलिरहेको अवस्थामा १ लाख ३३ हजार ४ सय रुपैयाँ नगदसहित ९ जना पक्राउ परेका छन् । 

चितवन राप्ती नगरपालिका–९ पर्सा बस्ने ३५ वर्षीय  श्यामबहादुर श्रेष्ठ समेत ९ जनालाई नगदसहित १६ थान कौडा र कौडा खेल्ने काठको बोर्ड २ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप