शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चरेश बिक्री गर्न बोकी हिँडेका मोक्तान एपीएफ प्रहरीद्वारा रंगेहात पक्राउ

शनिबार, २९ मङ्सिर २०७५, १८ : २६
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं । चरेश बिक्री गर्ने उद्देश्यले बोकी हिँडेका मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१ डाडागाउँ घर भई हाल नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ स्थित सिम्ले बस्ने ३२ वर्षीय  सुरेश मोक्तान एपीएफ टोलीद्वारा चरेससहित रंगेहात पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा काठमाडौं नम्बर २४ गुल्म र सशस्त्र प्रहरी बलको विशेष टोलीले काठमाडौं महानगरपालिका–१७ स्थित शोभा भगवतीबाट शनिबार दिउँसो उनलाई चरेशसहित पक्राउ गरेको हो ।

सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैरेका अनुसार त्यसबेला निज मोक्तानको साथबाट ११ केजी चरेश बरामद भएपछि उनलाई पक्राउ गरिएको हो ।

सो गुल्मले पक्राउ परेका निज मोक्तानलाई बरामद चरेससहित आवश्यक कारवाहीको लागि आजै महानगरिय प्रहरी वृत्त दरबारमार्गमा बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप