शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इपिएल टि–२० क्रिकेट : काठमाडौँ किङ्स–११ प्लेअफमा

शनिबार, २९ मङ्सिर २०७५, १८ : १४
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं । काठमाडौं किङ्स इलाभेन तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा भैरहवा ग्लाडीयटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले प्ले अफमा स्थान बनाएको हो । 

त्रिवि क्रिकेट मैदानमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले दिएको १५० रनको लक्ष्य काठमाडौंले ५ बल अगावै ३ विकेट गुमाएर पुरा गर्यो । काठमाडौंका लागि अमित श्रेष्ठले अर्धशतकीय इनिङस खेल्दै ५१ रन बनाए ।

केभिनओ ब्राएन रनमा ३३ अविजित रहे । यस्तै कप्तान रोहन मुस्तफाले ३६ रन जोड्दा सागर पुनले १३ रन बनाए । भैरहवाका शरद भेषावकर र भुवन कार्कीले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

भैरहवाका लागि भारतीय ब्याट्सम्यान रविन्द्र सिंहले ८६ रनको अर्धशतकीय इनिङस खेले । यस्तै कप्तान शरद भेषावकरले ३९ रन जोड्दा रायन टेन डोसकाटेले १२ रन जोडे । 

काठमाडौंका जितेन्द्र सिंह मुखियाले २ विकेट लिँदा प्रदीप साहु र केभिन ओ ब्रायनले एक एक विकेट लिए । जितसँगै एक खेल बाँकी रहँदै प्ले अफमा पुगेको काठमाडौले ६ अंक जोड्यो  । पहिलो हार ब्यहोरेको भैरहवाले ४ खेलबाट ६ अंक जोडेको छ ।

आज भएको दोस्रो खेलमा चितवन टाइगर्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै चितवनले दोस्रो जित दर्ता गरेको हो । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३० रनको लक्ष्य चितवनले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो  ।

चितवनको जितमा पाउल स्टर्लिङले ५५ रनको अर्ध शतकीय इनिङस खेले । दिपेन्द्र सिंह ऐरीले पनि ५४ रनको अर्धशतकीय इनिङस खेले । पोखराका नन्दन यादबले २ विकेट र सुशन भारीले १ विकेट लिए  ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ५ विकेट गुमाएर १२९ रन बनाएको थियो । सुनील धमलाले ५१ रनको अर्ध शतकीय इनिङस खेलेका थिए । यस्तै विनोद भण्डारी २७ रन जोड्दा कप्तान कायल कोएट्जरले २३ रन जोडे । 

राजेश पुलामी मगर १२ रनमा आउट भए । चितवनका जर्ज स्कटले ३ तथा ललित सिंह भण्डारीले २ विकेट लिए । चितवनले ५ खेलबाट ४ अंक जोडेको छ । जित पछि चितवनले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप