बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘ए’ डिभिजन लिग फुटबलः थ्रीस्टार क्लबको सहज जित

शनिबार, २९ मङ्सिर २०७५, १८ : ०७
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रुस्लान थ्रीस्टार क्लबले मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । हलचोकस्थित एपीएफ मैदानमा आज भएको दोस्रो खेलमाथि स्टारले मछिन्द्रलाई १–० गोल अन्तरले हराएको हो । 

डिफेन्डर रन्जित धिमालले खेलको १२ औं मिनेटमा पेनाल्टीमा गरेको गोल थ्री स्टारलाई  जितका लागि पर्याप्त बन्यो । थ्री स्टारका मिडफिल्डर निराजन खड्काले प्रहार गरेको बल मछिन्द्रका डिफेन्डर अन्जन देवकोटाले हातले रोकेपछि ललितपुरे क्लबले पेनाल्टीको अवसर पाएको थियो । 

३४ औं मिनेटमा थ्री स्टारका अल्बर्टको सशक्त प्रहार मछिन्द्रका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाऊ गरेका थिए । ८२ औं मिनेटमा मछिन्द्रका अनिल गुरुङको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।

जितसँगै थ्री स्टारले ८ खेलबाट २१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मछिनद्र ३ अंक सहिततालिकाको १३ औं स्थानमा छ ।

च्यासलको चौथो जित
आज भएको पहिलो खेलमा च्यासल युथक्लबले ‘ए’ डिभिजन लिगमा चौथो जित निकालेको छ । शनिबार भएको खेलमाब्रिगेड ब्वाईजलाई २–० ले पराजित गर्दै च्यासलले तीन अंक जोडेको हो ।

जितसँगै च्यासलले ८ खेलबाट १३ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । ब्रिगेड ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप