शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकताबद्ध भएर अघि बढ्न उपसभापति निधीको आह्वान

शनिबार, २९ मङ्सिर २०७५, १८ : ०१
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रयत्नका साथ एकताबद्ध भएर अघि बढ्न आव्हान गरेका छन् । 

शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पराजयलाई लिएर दुःख मनाउ गरेर बस्नुभन्दा एकताबद्ध भएर थप उत्साहका साथ अघि बढ्नुपर्ने बताएका हुन् । 

सरकारले गरेका संघीय र संसदीय प्रणाली विरुद्धका क्रियाकलाप र कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिए । 

प्रधानमन्त्रीले कांग्रेसलाई भित्तामा टाँस्ने साईनबोर्ड बनाईदिन्छु भनेको प्रसंग उल्लेख गर्दे उनले सरकारका क्रियाकलापविरुद्धको सशक्त लडाईका लागि संगठन सुदृढ हुनुपर्ने तर्क गरे । 

संगठन सुदृढ नभई ससक्त प्रतिकार गर्न नसकिने भन्दै उनले पार्टी एकतामा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप