शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुईतिहाईको सरकारविरुद्ध सडकमा गएर आन्दोलन गर्ने दिन आउँदैछ : अध्यक्ष जबरा

शनिबार, २९ मङ्सिर २०७५, १७ : ५६
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले सरकारविरुद्ध सडक आन्दोलन गर्ने संकेत गरेका छन् ।

‘दुई तिहाईको सरकारले विकासको लागि एउटा सिन्का पनि भाँचेको छैन । यो सरकारको औचित्य के हो भनेर सोध्ने बेला आइरहेको छ । १० महिने कार्यकाल हेर्ने हो भने सरकारले कुनै काम नगरेको यसै स्पष्ट हुन्छ । सरकारको यस्तो रवैया मुलुकको लागि हितकर छैन,’ अध्यक्ष राणाले भने ।

‘त्यसैले तथाकथित दुई तिहाईको सरकार विरुद्ध सडकमा गएर आन्दोलन गर्ने दिन आउँदैछ,’ राणाले भने ।

राप्रपा प्रजातान्त्रिक सम्वद्ध काठमाडौं–पाँचथर सम्पर्क समितिद्वारा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै राणाले राप्रपाहरुबीच जारी एकता प्रयास चाँडै फलदायी हुने आशा समेत व्यक्त गरे ।

सम्पर्क समितिका सभापति जीतबहादुर अगुवाको अध्यक्षता सम्पन्न भेलामा, महामन्त्री राजाराम श्रेष्ठले राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिहरु एकजुट भएर मुलुकलाई निकास दिनुपर्ने बेला आएको बताए ।

सहमहामन्त्री सदस्य सगुन सुन्दर लावतीले भने, ‘नेकपा सरकारबाट अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्र प्रेस, नीजि सम्पति, वैयक्तिक स्वतन्त्रामाथि अवरोध सिर्जना गर्ने चेष्टा हुनु सन्देहपूर्ण छ ।’ 

लावतीले सम्वद्र्धनवादको मान्यता अनुरुप नयाँ र पुराना पुस्ताको समिश्रणमा राष्ट्रवादी अभियान अगाडि बढाउनुपर्ने धारणा प्रस्तुत गरे ।

उच्च कार्यसम्पादन समितिका सदस्य जगत गौचनले राष्ट्रियतामाथि गम्भीर प्रहार भएको बताए । ‘यसकारण विदेशी प्रभाव र हस्तक्षेप रोक्न राष्ट्रवादीहरुको जिम्मेवार भूमिका अपरिहार्य भएको छ,’ उनले भने ।

सम्वद्र्धनवादी उदारवादमा सबै राष्ट्रवादी प्रजातन्त्रवादी अटाउन सक्छन् भन्दै सहमहामन्त्री सुरेश आचार्यले पशुपति शमशेर जबराको नेतृत्वमा राष्ट्रवादी अभियानलाई सफलतम बिन्दूमा पुर्याउने अठोट व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप