शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकीकरण घोषणा गर्दै रवीन्द्र मिश्रले भने– लेफ्ट कल्याणकारी हाम्रो आइडोलोजी हो

बुधबार, ११ साउन २०७४, १६ : ५१
बुधबार, ११ साउन २०७४

काठमाडौं– विकेकशील नेपाली दल र साझा पार्टीको एकीकरण कार्यक्रममा बोल्दै रविन्द्र मिश्रले आफ्नो आइडोलोजी लेफ्ट लोककल्याणकारी लोकतन्त्र हुने बताएका छन् । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण घोषणा कार्यक्रममा करिब आधा घण्टा बोलेका मिश्रले नेपालका राजनीतिक दलहरुले राजनीतिक परिवर्तनको नेतृत्व गरेपनि समृद्धिको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे ।

‘राजनीतिक परिवर्तनकालागि गोलघरमा बसेका भएपनि अब तिनीहरुबाट समृद्धि सम्भव नभएको मिश्रले बताए । ‘एमालेका मेयरप्रति व्यङग्य गर्दै भने ‘जसले दुई वर्षमा काठमाडौँमा रेल ल्याउछु भन्यो त्यसले जित्यो । तर जसले दुई वर्षमा त सर्भे र पूर्वाधार अध्ययन गर्न पनि सम्भज छैन भन्नेले चुनाव हा¥यो ।’
यी राजनीतिक दलहरुले समृद्धिको नेतृत्व गर्न सकेको भए अहिले काठमाडौको सडकको भेलमा बालिकाले बगेर ज्यान गुमाउनु पर्ने अवस्था नआउने उनले उल्लेख गरे ।  

मिश्रले देशको यस्तो अवस्था देखेर आफू राजनीतिमा आएको बताए । उनले भने ‘म ६ लेनको बाटोमा झण्डा हल्लाउदै हिड्नलाई राजनीतिमा आएको होइन । देशको समृद्धिको नेतृत्व गर्न आएको हुँ ।’

पूर्व प्रधानन्यायधिश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा आर्कोश पोख्दै मिश्रले भने– ‘जसलाई महाअभियोग लाग्नु पर्ने हो त्यसलाई लाग्दैन । तर इमान्दार कार्कीलाई लगायो । यो राजनीतिक बिडम्बना हो ।’राजनीतिक दलहरुको आलोचना गरेका मिश्रले विकासकालागि हिमाल, पहाड, जडिबुटी, जलस्रोत र ऐतिहासिक धरोहरहरुको मार्केटिङ गर्न सके देश समृद्धि हुने पुरानै खाका प्रस्तुत गरे । 

आफूहरुलाई २–३ वर्ष मौका दिनुपर्ने उनले आग्रह गरे । हामी मिलेर जान सकेनौं भने गरी खान्नौं भन्ने सोँचेर नै पार्टी एकता गरेको मिश्रले बताए । 
अर्का सहसंयोजक उज्वल थापाले दुई ठूला अर्थतन्त्र भएका देशमा गरीब हुनुमा राजनीतिक खराब हुनुको कारण रहेको बताए । उनले भने– ‘५० लाख युवाहरु विदेश बनाइरहेका छन् र देश धानीरहेका छन् । अब समृद्धि हाम्रा पालामा हुनु पर्छ भनेर हामी राजनीतिमा आएका हांै ।’ थापाले देशलाई विकास र समृद्धि बनाउन उद्धमशील बनाउने दाबी गरे । 

रातोपाटीको प्रश्नमा आफ्नो दल विवेकशील पारदर्शीता रहेको थापाले बताए । तर दुबै दलहरुले अहिलेसम्म आ–आफुहरुले गरेको आय र व्यको हिसाब भने पत्रकार सम्मेलनमा प्रस्तुत गरेनन् । 

पत्रकार सम्मेलनमा रन्जु देखा परिनन् 

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेर २३ हजार बढी भोट ल्याइ चर्चामा आएकी रञ्जु दर्शना भने पार्टी एकता कार्यक्रममा देखा परिनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप