शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्नेमा महमन्त्री कोइरालाको जोड

sasnkha-koirala
शनिबार, २९ मङ्सिर २०७५, १७ : ४४
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं । नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे महामन्त्री महतले पार्टीको बृहत हितमा लाग्न उच्च नेतृत्वलाई आग्रह गरे । 

ओहदा भन्दा कामलाई स्मरण गरिने भएकाले पदीय हैसियत कायमलाई प्राथमिकतामा नराख्न पनि उनले आग्रह गरे । पार्टी एकताका लागि आफूले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता पनि उनले जनाए । 

महासमिति बैठक नीति निर्माण गर्ने वैधानिक थलो भएकाले वस्तुनिष्ठ समिक्षा गर्दै एकताका साथ भावी रणनीति तयार गर्नुपर्नेमा उनले जोड दिए । सांगठनिक अवस्थाको सुदृढीकरण गर्दै भविश्यका लागि उपयुक्त नीति बनाउँदै निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारणको खोजी पनि महासमितिमा गरिनुपर्ने उनको तर्क थियो ।

जाडोको अवस्थामा रुखका पातहरु सुक्ने तर वृक्ष बाँचिरहने गरेको प्रसंग उल्लेख गर्दे उनले पात झर्दै गर्दा उसले सँगै आउदो बसन्त ऋतुमा हराभरा हुने तरंग दिने गरेको भन्दै आगामी दिनमा यसैलाई बुझेर कांग्रेसले विपिका सिद्धान्त र मान्यतालाई अघि बढाउदै लैजाने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप