शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खशोज्जीको हत्या साउदी राजकुमारका निकटस्थले गरेको दावी

शनिबार, २९ मङ्सिर २०७५, १६ : ५६
शनिबार, २९ मङ्सिर २०७५

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले साउदी पत्रकार जमाल खशोज्जीको हत्या साउदी अरबका राजकुमारका निकटस्थहरुले गरेको दाबी गरेका छन् । 

एर्डोगानले इस्तानबुलमा आयोजित एक सम्मेलनमा भने, ‘घटनास्थलमा रेकर्ड भएको आवाज सुन्दा पत्रकार खशोज्जीको हत्यामा साउदी राजकुमारका निकटस्थहरूको सक्रिय भूमिका रहेको प्रष्ट हुन्छ ।’  

यसअघि अमेरिकाले पनि यस हत्याकाण्डमा साउदी राजकुमार मोहम्मद बिन सलमान अल साउद मुख्य जिम्मेबार रहेको बताएको थियो । 

राष्ट्रपति एर्डोगानले त्यस घटनाका बारेमा अहिले धेरै विकास भइसकेको पनि बताए । 

टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गी आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका बेला दूतावासभित्रै उनको हत्या भएको दावी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप