बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिराटनगरमा औधोगिक प्रर्दशनीस्थल निर्माण गर्ने निजी क्षेत्रको पहल

बुधबार, ११ साउन २०७४, १६ : ५०
बुधबार, ११ साउन २०७४

बिराटनगर– व्यवसायीहरुले बिराटनगरमा औधोगिक प्रर्दशनीस्थल निर्माण गरिदिन आग्रह गरेपनि सरकारले वेवास्ता गरेपछि बिराटनगरका उधोगीहरु आफै अन्तराष्ट्रियस्तरको प्रर्दशनीस्थल निर्माण गर्न कस्सिएका छन् । सरकारले  चासो नदेखिएपछि खिन्न भएका पुर्वका उधोगीहरुले आफनै पहलमा जग्गा भाडामा लिएर अन्तराष्ट्रियस्तरको प्रर्दशनीस्थल निर्माण गर्ने प्रयासमा लागेका हुन् ।   
 ९५ बर्षका लागि गुठीको जग्गा लिजमा   
प्रर्दशनीस्थल निर्माणका लागि  बिराटनगर महानगरपालिका ३ मा ९५  बर्षका लागि २  बिगाहा २ कठा जग्गा उधोग संगठन मोरंगले लिजमा  लिइसकेको छ । स्थानीय सत्यनारायण मन्दिर संरक्षण गुठीबाट उधोग संगठनले सो जग्गा प्रर्दशनीस्थल निर्माण गर्न  लिजमा लिएको हो । लिजमा लिएको जग्गा हस्तान्तरण भैसकेको र प्रर्दशनी स्थलको प्रारुप निर्माण गर्न आफुहरु सक्रृय रहेको उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश भट्टराइले बताए । उनका अनुसार बिराटनगरमा निर्माण हुने अन्तराष्ट्रिय स्तरको औधोगिक प्रर्दशनीस्थल निर्माण गर्न २५ करोड बढि लागत लाग्ने प्रारम्भीक अनुमान गरिएको छ । बिदेशी दुताबास , दातृ निकाय र नेपालसरकारसँग प्रर्दशनीस्थल निर्माणका लागि आर्थिक स्रोत जुटाउन पहल भैरहेको छ । यहि आर्थिक बर्षभित्र व्यवस्थापन सकेर प्रर्दशनीस्थल निर्माण सुरु गर्ने तयारी गरिरहेका भट्टराइले बताए । 
उद्योगीहरुका अनुसार सरकारले निर्माण गरिदिनुपर्ने प्रर्दशनी स्थलका लागि उद्योगीहरु आफैले जग्गा व्यवस्थापन गरिसकेकोले अब सरकारले सहयोग गरे निजी क्षेत्र थप सहयोग जुटाउन उत्साहित हुनेछन् ।  
भारतीय राजदुतसँग आग्रह  
प्रर्दशनीस्थल निर्माणमा सहयोग पुरयाउन उद्योगीहरुले  ८ असारमा बिराटनगर आएका नेपालस्थित भारतीय राजदुतलाई पनि आग्रह गरेका छन्  । यसैगरि बिभिन्न दातृ निकाय र नेपाल सकारलाई पनि  लागत ईष्टिमेटसहित आर्थिक स्रोतका लागि प्रोपोजल दिने तयारी भैरहेको बताइएको छ । उद्योग संगठन मोरंगका कार्यकारी निर्देशक सोम अधिकारीले भने– ‘निजी क्षेत्र , सरकार र बिदेशी सहयोग सबैको प्रयासमा प्रर्दशनीस्थल निर्माण गरेर चाँडो संचालनमा ल्याउने योजना छ ।’   
प्रर्दशनी स्थल नहुँदा सधै सास्ती 
व्यवस्थित प्रर्दशनी स्थल नहुँदा पुर्वमा औधोगिक र व्यपारिक प्रर्दशनी आयोजना गर्दा उद्योगी व्यपारिहरुले धेरै सास्ती बेहोर्नु परिरहेको गुनासो गरेका छन् । खेल मैदान र बिद्यालयमा प्रर्दशनी आयोजना गर्दा खेल र पठनपाठनमा  बाधा पुग्ने मात्र नभएर उधोगी व्यपारिहरुलाई अस्थायी सामियाना बनाउँदा चर्को आर्थिक भार पनि थपिने गरेको छ भने व्यवस्थित प्रर्दशनी स्थल नहुँदा अन्तराष्ट्रिय स्तरका उद्योग र व्यपारिक कम्पनीहरुले सहभागीता जनाउन पाएका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप