बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शुरु भयो ‘चुरीफुरी डटकम’ को सुटिङ

शनिबार, २९ मङ्सिर २०७५, १६ : २७
शनिबार, २९ मङ्सिर २०७५

 काठमाडौं–चर्चित कलाकार निर्मल शर्माको निर्देशनमा बोधी एचडीबाट प्रशारण हुने गरी रमाइलो वेबसिरिज ‘चुरीफुरी डटकम’को सुटिङ्ग प्रारम्भ भएको छ ।

आर्यन फिल्मस् प्रोडक्सन तथा अमेरिकाको बोधी इन्टरटेन्टमेन्ट एलएलसीको संयूक्त प्रस्तुतिमा  ‘चुरीफुरी डटकम’ आउन थालेको हो । टिभीमा प्रसारण अनि भिडियो सामाग्री खोजिको प्रक्रियालाई सरल बनाउँदै बोधी एचडीका लागि शर्माले यसको निर्देशन गर्न लागेका हुन् । 
 
रमाइलो वेब सिरिज चुरीफुरी डटकमको एक्जिक्यूटिभ निर्माता रमेश एम के पौडेल छन्। शर्माको नेतृत्वमा प्रारम्भ  वेब सिरिजको अर्को निर्माता एमीला लामा छन् । 


 
जसको प्रोमोशनल गीतमा बरिष्ठ संगीतकार तथा गायक शम्भूजीत बास्कोटाको संगीत रहेको छ भने आवाज पनि बास्कोटाकै रहेको छ । यस्तै  भीएफएक्स गौतक खड्का र राम चौधरीले गर्नेछन् । मसिंर २८ गते प्रोमोको शुट सम्पन्न भएको निर्माता रमेश एम के पौडेलले जानकारी दिए  । 
 
चर्चित रमाइला कलाकारहरु सम्मिलित  चुरीफुरी डटकममा निर्देशक शर्मा सहित कलाकारहरु गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलमणी मैनाली, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा (घाटो), सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेल रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप