मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचार गर्न र जनताको बीचमा जाने शैली कम्युनिष्टबाट सिकौंँ : महत

शनिबार, २९ मङ्सिर २०७५, १६ : ११
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं– काँग्रेस सह–महामन्त्री डा प्रकाश शरण महतले कम्युनिष्टबाट प्रचार गर्न र जनताको बीचमा जाने शैली सिक्न कार्यकर्तालाई आग्रह गरेका छन् । 

कांग्रेसले गरेको कामको जस सत्तारुढ दलले लिने गरेको भन्दै उनले पार्टीको विचार र कामको जानकारी जनतामाझ पुर्याउनुपर्नेमा जोड दिए । 

पार्टीको शनिबारदेखि सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै उनले  पार्टी भित्रको आपसी शत्रुतालाई अन्त्य गर्नुपर्ने आवश्यकता पनि औल्याएका छन् । 

 एक अर्कालाई शत्रु देख्ने प्रवृतिको अन्त्य भएपछि कांग्रेस ठूलो पार्टीको रुपमा बाहिर आउने र सरकारको नेतृत्व गर्ने दाबी उनको छ ।

एक अर्काको आलोचनामा नभई सम्पुर्ण उर्जा सरकारको खिलाफमा लगाउन पनि उनले आव्हान गरे । 

द एसिया प्यासेफिक समिटमा सरकारको सहभागीताको प्रसंग उल्लेख गर्दै उनले सरकारका क्रियाकलापले नेपालीहरुको सम्पूर्ण संस्कृतिक विविधताको पहिचान समाप्त हुने अवस्था श्रृजना भएको दाबी गरे । 

सहमहामन्त्री महतले सभापति शेरबहादुर देउवाको बचाउ गर्दै देउवा नभएको भए अरु कसैले पनि निर्वाचन गराउन नसक्ने दाबी गरे । 

नेताहरुले नेतृत्व नीतिअनुसार नचलेको भन्दै चर्को आलोचना गरेपछि सहमहामन्त्रीले सभापतिको क्रियाकलापको बचाउ गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप