मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा बैठकमा ओली र प्रचण्डको २२ पन्ने प्रतिवेदन पेश, वामदेवको पनि छुट्टै प्रतिवेदन

शनिबार, २९ मङ्सिर २०७५, १५ : ४७
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं– नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा बैठकको प्रारम्भ गर्दै अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र बैठकको महत्वको विषयमा आफ्नो धारणा राखेका थिए । यस्तै प्रचण्डले राजनीतिक प्रतिवेदनमा केन्द्रीत रहेर आफ्नो धारणा राखेका थिए । 

बैठकमा धारणा राख्दै प्रचण्डले सांगठानिक कार्यभार, पार्टी सञ्चालन, सरकारको समीक्षा र पार्टीको नयाँ कार्ययोजना तयार गर्ने विषयमा केन्द्रीत रहेर राजनीतिक प्रतिवेदन तयार पारिएको बैठकलाई जानकारी गराएका थिए । 

नेकपा स्थायी कमिटी सदस्य अग्नि सापकोटाका अनुसार अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन २२ पेज लामो रहेको छ ।  सो प्रतिवेदनको अध्ययन गर्न सदस्यहरुलाई आइतबार एक दिनको समय  दिइएको उनले रातोपाटीलाई जानकारी दिए । 
सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने क्रम सुरु हुने बताइएको छ । प्रवक्ता श्रेष्ठले सोमबार बिहान ११ बजे समयमै बैठक सुरु हुने पनि जानकारी दिए । 

यसैबीच आजको बैठकमा नेता वामदेव गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन् ।   उनको प्रतिवेदन १६ पेज लामो भएको र सो पनि स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

बैठकले हिजाे नुवाकोटको दुप्चेश्वर गाउ“पालिका–१ घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकोप्रति गम्भीर दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा मृत्यु हुने सबैप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारमा समवेदना प्रकट गरेको छ ।
 त्यस्तै केही दिनअघि पाल्पा, डोटी, दाङलगायतका देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाप्रति पनि दुःख व्यक्त गर्दै ती घटनाका मृतकहरुप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेको छ । 
 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप