बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

६ वर्षपछि बस्यो काँग्रेस महासमिति बैठक, १७ तस्बिरमा हेर्नुहोस्

शनिबार, २९ मङ्सिर २०७५, १४ : ५३
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं–नेपाली कांग्रेसको महासमिति बैठक शनिबार काठमाडौमा सुरु भएको छ । 

बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन् । 

उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो । उद्घाटन सत्रपछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको विधान पनि महासमिति बैठकमा  छलफलका लागि पेस गरिनेछ । 

बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भातृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि,  निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् । 

केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु पनि बैठकमा सहभागी भएका छन् । 

बैठक पुस ३ गते सम्म चल्ने छ ।   विधानमा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनायता बैठक हुन सकेको थिएन। 

तस्बिरहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप