शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१० खेलाडीमा सीमित बनेको च्यासलको रोचक जित

शनिबार, २९ मङ्सिर २०७५, १४ : १०
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं–१० खेलाडीमा सीमित च्यासल युथ क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगमा शनिबार रोचक जित हात पारेको छ ।

हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले हरायो ।

च्यासलको जितमा सन्तबहादुर गुरुङले ६५औं मिनेटमा हेड गोल गरेका थिए । सन्जोक राईले ८२औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले सन्तोस साहुखलको पासमा गोल गरेका थिए । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको च्यासलले दोस्रो हाफमा शसक्त प्रदर्शन गरेको थियो ।
 च्यासल खेलको अन्तिममा १० खेलाडीमा समेटिएको थियो । ८५औं मिनेटमा सन्तोस साहुखल दोहोरो पहँेलो (रातो) कार्ड खाँदै बाहिरिएका थिए । पहिलो हाफमा राम्रो खेलेको ब्रिगेड दोस्रो हाफमा कमजोर देखिएको थियो ।

जितसँगै आठ खेलबाट १३ अंक बनाएको च्यासल पाँचौं स्थानमा उक्लिएको छ । चार अंकमा सिमित ब्रिगेड ब्वाईज १२औं स्थानमा छ ।
 शीर्ष स्थानमा रहेको मनाङको २४ अंक छ । दोस्रो स्थानमा रहेको संकटाको २१ अंक छ । आठौं चरणको अन्तिम खेलमा आजै थ्रीस्टार र मच्छिन्द्र भिड्दैछन् । यसअघि थ्रीस्टारले १३ अंक बनाएर तेस्रो स्थानमा रहेको थ्रीस्टार मनाङसँगको दुरी घटाउने योजनामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप