शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१९ जना नयाँ मन्त्रीद्वारा शीतलनिवासमा सपथग्रहण (सूची)

बुधबार, ११ साउन २०७४, १६ : ४३
बुधबार, ११ साउन २०७४

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यलयमा सपथ लिएका छन् । 


विस्तारित मन्त्रिमण्डलमा कांग्रसका पौडेल समुहबाट रामकृष्ण यादवले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राजन केसीले युवा तथा खेलकुद, सञ्जय गौतमले सिंचाइ र यज्ञबहादुर थापाले कानुन मन्त्रालय पाएका छन् । त्यस्तै देउवा समूहकाः मीन विश्वकर्माले बाणिज्य  वीरबहादुर बलायर–भौतिक योजना तथा निर्माण, अम्बिका बस्नेतले गरिवी मन्त्रालय पाएका छन् ।

 त्यस्तै खुमबहादुर खड्का समूहका मोहनबहादुर बस्नेतले सञ्चार र सिटौला समूह : भीमसेनदास प्रधान–रक्षामन्त्रालयको जिम्मेवारी पाएका छन् । 


माओवादी केन्द्रका  गिरिराजमणि पोखरेल–स्वास्थ्य, टेकबहादुर बस्नेत–सामान्य प्रशासन, शिवकुमार मण्डल–आपुर्ति,  महेन्द्रबहादुर शाही–उर्जा, सन्तकुमार थारु चौधरी–पशुपंक्षी, आशा खनाल–महिला बालबिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै फोरम लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव–नागरिक उड्डयन र गोपाल दहित–भुमिसुधारमन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि प्रधानमन्त्री देउवाले कांग्रेससहित माओवादी र लोकतान्त्रिकबाट सात सदस्यी मन्त्रिमण्डल गठन गरेका थिए । यो सँगै देउवाको मन्त्रिमण्डल संख्या २६ पुगेको छ । 

नेकपा संयुक्तबाट मिथिला चौधरीले बाताबरण मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।


महिला ३ मात्र 


देउवा नेतृत्वको मन्त्रिमण्डलमा ३ जनामात्र महिला मन्त्री भएका छन् । कांग्रेसबाट अम्बिका बस्नेत तथा नेकपा संयुक्तबाट मिथला चौधरी एवं माओवादीबाट आशा खनाल मात्र मन्त्री भएका छन् । विभिन्न महिलाबादी संघ संगठनले मन्त्रिमण्डलामा ३३ प्रतिशत महिला मन्त्री बनाउनुपर्ने माग अघि सारिरहेका बेला देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषदमा अत्यन्त कम संख्यामा सहभागि गराएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप