बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सी.डी. विजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल'

शनिबार, २९ मङ्सिर २०७५, १२ : ४६
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं– गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को उपाधि पोखराका सी.डी. विजय अधिकारीले जितेका छन् । 

कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा  शुक्रबार राती सम्पन्न फिनालेबाट अधिकारी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् ।

चर्चित कलाकार सुन्तलीले अधिकारी पहिलो द भ्वाइस अफ नेपाल बनेको घोषणा गरिन् । सोअघि फिनालेमा पुगेका अधिकारीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए । 

द भ्वाइस अफ नेपालको टाइटल विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाएका छन् । दर्शकले दिएको भोटको आधारमा उनी पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् । 

कम भोट प्राप्त गरेका कारण सिर्जय थपलिया, सप्तक दुर्तराज र कुशल आचार्यको पहिलो भ्वाइस अफ नेपाल बन्ने सपना चकनाचुर भयो । 

शोमा सनुप पौडेल, दीप श्रेष्ठ, प्रमोद खरेल र अभया सु्ब्बा कोचको भूमिका रहेका थिए । फिनालेमा अभया भने व्यक्तिगत कारण देखाउँदै अनुपस्थित रहिन् । 

विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि धेरैको मन जित्न सफल भयो  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप