शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कट्रिनाले भनिन्, ‘मलाई चुम्बन गर्न पाउनु शाहरुखको भाग्य’

शनिबार, २९ मङ्सिर २०७५, १२ : ३३
शनिबार, २९ मङ्सिर २०७५

बलिउडकी बार्बी गर्ल भनेर चिनिने कट्रिना कैफले शाहरुख खानले उनलाई ‘किस’ गर्नु उनको लागि नभई शाहरुखका लागि भाग्यको कुरा बताएकी छिन् ।

कट्रिनाले शाहरुखसँग फिल्म ‘जिरो’ मा काम गरेकी छिन् ।

फिल्मको कट्रिनाको नयाँ गीत पनि रिलिज भएको छ ।

कट्रिनाले उक्त गीत फिल्ममा उनको इन्ट्रोसँग भएको पनि बताएकी छिन् ।

शाहरुख खानलाई चुम्बन गरिरहेको एक दृश्यलाई आधार बनाएर शाहरुख खानलाई चुम्बन गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गर्नुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘मैले कि भाग्मानी महसुस गर्ने ? शाहरुख खानले पो आफूलाई भाग्यमानी ठान्नुपर्छ ।’

कट्रिनाले थपिन्, ‘यो तपाईंलाई कसले भन्यो कि म भाग्यमानी हुँ । उनी भाग्मानी हुन् ।’

कट्रिनाले उक्त गीतको डान्सका लागि अत्यधिक मेहनत गरेको बताएकी छिन् ।

आफ्नो ध्यान गीतलाई कसरी जिवन्त बनाउने भन्नेमा मात्र केन्द्रीत भएको उनले बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप