शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्धको रिसिइबीमा हत्या, १० वर्षपछि  समातिए सेनाका भगौडा

बुधबार, ११ साउन २०७४, १६ : २९
बुधबार, ११ साउन २०७४

काठमाडौं–व्यक्ति हत्याको अभियोगमा   प्रहरीले १० वर्षपछि  एक जनालाई पक्राउ गरेको छ ।  १० वर्षअघि रामेछाप तिप्लुङ–४ का  नरबहादुर बुढाथोकीको हत्या  गरेको अभियोगमा रामेछाप प्रहरीले  सोहि स्थानका प्रमेश बुढाथोकीलाई  मंगलबार राजधानीको जमलबाट पक्राउ गरेको हो । 
०६४ साउन ६ गते  भएको उक्त हत्याको घटनापछि फरार रहेका उनलाई जिप्रका रामेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेलसहितको टोलीले बुढाथोकीलाई जमलबाट पक्राउ गरेको हो । 
जनयुद्धको समयमा प्रमेशको बुबाको माओवादीबाट हत्या भएको र सोहि रिसिइबी साध्न उनले नरबहादुरको हत्या गरेको प्रहरी स्रोतको भनाई छ ।  प्रमेश नेपाली सेनाको भगौडा भएको खुल्न आएको प्रहरीको भनाई छ । 
रामेछाप प्रहरीले पक्राउसँगै उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप