मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भारतको कलकत्तामा फेला पर्यो ३३ किलो सुन, गोरेको हराइरहेको सुन नै भएको दाबी

शनिबार, २९ मङ्सिर २०७५, ११ : ३६
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं– सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि  हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । 

दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले रातोपाटीसँग भने, ‘सुन भेटिएको भन्ने आएको छ, धरान–इटहरीका बासिन्दाबाट नै उक्त सुन बरामद भएको सूचना आएको हुनाले उक्त सुन हामीले अनुसन्धान गरेको ३३ किलो हो भन्ने बुझिएको छ ।’ 

कलकत्ता प्रहरीले हेमप्रसाद शर्मा र राकेश प्रसादको साथबाट बरामद गरेको सुन ‘गोरे’ समूहको हो या होइन भन्नेबारे भेरिफाई गर्ने काम भइरहेको सह–सचिव पौडेलले जानकारी दिए । 

कलकत्ता प्रहरीले २१ शुक्रवार उक्त सुन बरामद गरेको बताइएको छ ।

यसरी हराएको थियो सुन
 फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई ह्याण्डओभर गर्ने जिम्मा लिने ब्यक्ति थिए एलबी मगर ।

 २०७४ माघ ९ गते विमानस्थलमा सुन आईपुग्यो, तर एलबी आउन पाएनन् । त्यसपछि सुन तस्करका नाइके चुडामणि उप्रेति ‘गोरे’ ले उक्त सुन पुरानोबानेश्वर सम्म लगेर छाड्ने जिम्मा सानु बनलाई दिए । 
सानु तिनै हुन् जसले गएको माघ २२ गते विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरेका थिए । 

५५ वर्षीय  सानु बन थाई एयरवेजका बरिष्ठ टेक्निसियन हुन् । 

सानु बन स्कुटरको पछाडी थिए, स्कुटर चलाउने ब्यक्ति अर्कै थिए । सुन बोकेको स्कुटर काठमाडौँको नयाँ बानेश्वर स्थित रत्नराज्य स्कूलमा पुगेको मात्र के थियो, त्यहिँबाट बनले ‘गोरे’ लाई फोन गरेर सुन लुटिएको जानकारी गराएका थिए । 

‘गोरे’ ले सुन लुटिएको कुरा पत्याएनन्, अनि बनलाई रातदिन टर्चर दिन थाले । ‘संगठीत रुपमा भएको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण’ छानविन गर्न बनेको समितिका एक सदस्यका अनुसार समितिले सानु बनलाई टर्चर दिएको भिडियो नै त्यतिबेला फेला परेको थियो । 

हरेक दिनको टर्चर अनि ‘गोरे’ले जीवन नै सिध्याउने धम्की दिन थालेपछि बनले आत्महत्याको बाटो रोजेको हुनसक्ने छानविन समितिका एक सदस्य बताउँछन् । माघ २२ गते थाई एयरवेजको ग्राउण्ड ह्याण्डेलिङ इक्विपमेन्ट राख्ने स्थान नजिकै गुडिरहेको इन्धन बोक्ने एआर–२७ नम्बरको ट्याङ्करमा दौडिएर उनी चक्कामूनि पसेको सिसिटीभी फुटेजमा देखिन्छ । 

फागुन १८ गते धरानमा यातना दिने क्रममा मारिएका मोरङको उर्लाबारी–७ का सनम शाक्य सुन तस्कर ‘गोरे’को एकाउन्टेन्ट बताइँदै आएको छ । 

छानबिन समितिले सो प्रकरणमा ९ प्रहरी अधिकारीसहित ६३ जना भन्दा बढीविरुद्ध जिल्ला अदालत मोरङमा दायर गरेको थियो । सो मुद्दा अहिलेपनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ । 

यो पनि पढ्नुहोस् 

सुन तस्कर गोरेको गर्जन - ‘म पैसामा बिक्ने मान्छे हैन, दायाँबायाँ भए उडाइदिन्छु !’ (फोन संवाद–अडियोसहित)

कहाँ हरायो तस्करीको ३३ किलो सुन ? प्रतिवेदन भन्छ–‘सानुमाथि शंका छ’

सुन तस्कर ‘गोरे’ का सहयोगी तिवारी र गणेश लामा विजनेस पार्टनर !

३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी श्याम खत्रीद्वारा अदालतमा आत्मसमर्पण

गृहमन्त्रीज्यू तपाईंलाई थाहा छ, अहिले सुनको तस्करी यसरी हुन्छ

गाडीमा सिलगुढी टु गौरीघाट : काठमाडौँ आएर आत्मसमर्पण

यस्तो घरमा बस्थे सुन तस्करका नाईके ‘गोरे’

३३ किलो सुन तस्करी प्रकरण : मुख्य लगानीकर्ता भेटिए

३३ किलो सुन प्रकरणमा दोस्रो मृत्यु : प्रहरी हिरासतमै प्रेमलालको रहस्यमय मृत्यु !

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप