शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सम्बन्धविच्छेद लगत्तै रोडिजका रघुले गरे दोस्रो विवाह (फोटोफिचर)

शनिबार, २९ मङ्सिर २०७५, १० : ५१
शनिबार, २९ मङ्सिर २०७५

विवाहको यो मौसमको फाइदा उठाउँदै रोडिजका रघु रामले पनि विवाह गरेका छन् । रघुले आफ्नी प्रेमिका नतालीसँग विवाह गरेका छन् ।

साउथको रिती रिवाजबाट भएको यो विवाहमा निकटका आफन्त र साथीहरुमात्रको संलग्नता थियो ।

रघु र नतालीको डेस्टिनेशन वेडिङको निर्णय अनुरुप विवाह गोवामा गरिएको थियो ।

रघुको यो दोस्रो विवाह हो । यसअघि उनले सन् २००६ मा नायिका सुगन्धा गर्गसँग विवाह गरेका थिए ।

यसैवर्ष सुगन्धासँग सम्बन्धविच्छेद गरेपछि रघुले नतालीको हात थामे । रघुका नजिकका साथी एवं रोडिजका साथी रणविजयले तस्बिर सेयर गरेर बधाई दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप