शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका उडिरहेको विमानभित्र यौन हमलाका दोषी भारतीय इन्जिनियरलाई ९ वर्षको जेल सजाय

शनिबार, २९ मङ्सिर २०७५, १० : ३३
शनिबार, २९ मङ्सिर २०७५

अमेरिकाको अदालतले एक भारतीय इन्जिनियरलाई ९ वर्षको जेल सजायँ सुनाएको छ । ती इन्जिनियरले आफू नजिकै बसेकी महिलामाथि यौनहिंसा गरेका थिए ।

घटना यसै वर्षको जनवरीको हो । ३४ वर्षीय प्रभु राममूर्ती आफ्नी श्रीमती र पीडितको बीचमा बसेका थिए । पीडितका अनुसार घटनाका बेला उनी सुतिरहेकी थियन् ।

महिलाका अनुसार जब उनी निन्द्राबाट ब्यूझिइन् तब उनको शर्ट र पाइन्टको टाँक खोलिएका थिए र राममूर्तीको हात उनको पाइन्टमा थियो ।

अमेरिकी अदालतले सजाय पूरा भएपछि राममूर्तीलाई भारत फिर्ता पठाउने बताएको छ ।

डेट्रायट फ्रि प्रेसको एक रिपोर्ट अनुसार अभियोजन पक्षले अदालतसँग ११ वर्षको सजाय माग गरेको थियो । निर्णयको सजायँ सुनाउने बेला जज टेरेन्स बर्गले घटनालाई गम्भीर अपराध बताउँदै ९ वर्षको सजायँ पर्याप्त हुने जानकारी दिए ।

जब राममूर्तीमाथि आरोप लगाइएको थियो तब उनले आरोपलाई अस्विकार गर्दै आफू त्यतिबेला निदाइरहेको बताएका थिए ।

मिशिगतको संघीय अदालतमा पेश गराएपछि नै राममूर्तीलाई जेलमा राखिएको थियो । अभियोजकले उनको जमानतको विरोध गरेका थिए ।

पीडित महिलाले विमानबाट उत्रिएपछि नै फ्लाइटका चालक दललाई घटनाबारे जानकारी दिएकी थिइन् ।

यस्तै, राममूर्तीकी श्रीमतीका अनुसार ती महिला उनका श्रीमानको घुँडामा टाउको राखेर सुतिरहेकी थिइन् र उनले विमानका क्रुसँग उनलाई अन्यत्र सारिदिन आग्रह पनि गरेकी थिइन् ।

तर क्रुका सदस्यले अनुसन्धानकर्मीलाइ दिएको बयानमा पीडित महिलाले मात्र सिट परिवर्तन गर्नका लागि आग्रह गरेको बताइएको छ ।

क्रु सदस्यका अनुसार जब पीडितले उनीहरुसँग कुरा गरिरहेकी थिइन् तब उनी सुतिरहेकी थिइन् र उनको सर्टको टाँक खोलिएको थियो ।

पछि पीडितलाई विमानको पछाडि पट्टी अर्को सिट दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप