बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सोनम कपुर र पुलिसबीच आखिर किन भयो भनाभन ?

शनिबार, २९ मङ्सिर २०७५, ०८ : ५७
शनिबार, २९ मङ्सिर २०७५

मुम्बई पुलिसले सोनम कपुर र उनको ‘द जोया फ्याक्टर’ का को–स्टार दलकेर सलमान बारे ट्वीट गरेपछि सोनम र पुलिस दोहोरो भनाभन भएको छ । तर पछि उनले मुम्बई पुलिसको तारिफसमेत गरेका छन् ।

मुम्बई पुलिसको ट्वीटर ह्यान्डलमा शुक्रबार एक भिडियो पोष्ट गरिएको थियो । उक्त भिडियोमा दलकेर गाडी चलाउँदै गर्दा आफ्नो फोनमा केही हेरिरहेको देखिन्छन् । नायिका सोनम कपुरले उनलाई ‘वेइरडो’ भनिरहेको सुन्न सकिन्छ ।

यो भिडियोसहित मुम्बई पुलिसले आफ्नो ट्वीटमा लेखे, ‘सोनम कपुर हामी तपाईंसँग सहमत छौं । यो एक ‘वेइरडो’ हो । यस्तो स्टन्टले तपाईं आफ्नो साथीको जीवनलाई पनि खतरामा राख्ने प्रयास गरिरहनु भएको छ । हामी ‘रिल लाइफ’ मा पनि यसको अनुमती दिँदैनौं ।’

त्यसपछि सोनमले आफ्ना साथी कलाकारको बचाउ गर्दै ट्वीट गर्दै लेखिन्, ‘हामी गाडी चलाइरेहका थिएनौं । हामी एक ट्रकसँग बाँधिएका थियौं, जुन चलिरहेको थियो तर मलाई खुसी छु कि तपाईंहरु चिन्तित हुनुहुन्छ । मलाई आशा छ कि तपाईंहरु नियमित रुपमा पनि यसरी नै समान रुची देखाउनुहुनेछ । ख्याल राख्नुभएकोमा धन्यवाद ।’

त्यसपछि प्रशंसकले मुम्बई पुलिसलाई ट्रोल गर्न सुरु गरे । त्यसपछि सोनम कपुरले ट्वीट गरेर भनिन्, ‘मुम्बई पुलिस आफ्नो काम गरिरहेका थिए, निकै राम्रोसँग । उनीहरुलाई यसरी आलोचना नगर्नुहोस् । हामीले उनीहरुलाई धन्यवाद दिनुपर्छ ।’

दलकेर सलमानले पनि ट्वीटरमा लेखे, ‘ट्वीट गर्नुअघि वास्तविकता पत्ता लगाउन कोसिस गरेको भए मैले यसको सरहना गर्दथें । वास्तवमा मुम्बई पुलिसले सुटको क्रममा हाम्रो मद्दत गरे र पूरा समयसम्म हामीसँगै थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप