शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालविवाह रोक्न प्रहरीले सक्रियता बढायो, यो साता मात्रै दुई विवाह रोकियो

बुधबार, ११ साउन २०७४, १६ : १६
बुधबार, ११ साउन २०७४

चरिकोट– बढ्दै गएको बालविवाहलाई रोक्न दोलखा प्रहरी कडाइका साथ कानून कार्यान्वयनमा लागिपरेको छ । यो सातामात्रै जिल्ला प्रहरी कार्यालय दोलखाले दुईवटा बालविवाह रोकेको छ । 

दोलखाको बैतश्वर गाउँपालिका–६ मा भएका एक बालविवाह प्रहरीकै सक्रियतामा रोकिएको हो भने अर्को भीमेश्वर नगरपालिका–९ स्थित लाँकुरीडाँडामा भएको बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले भीमेश्वर नगरपालिका–९ मा १९ वर्षिय पारस थामीले १३ वर्षीया एक किशोरीलाई मागी विवाह गरेको अवस्थामा गाउँभन्दा दुईघण्टा परको जंगलको ओढारबाट पक्राउ गरेको छ । 

त्यस्तै, बैतेश्वर गाउँपालिका–६ मा २२ वर्षीय समुन खड्काले जिरेल थरकी १५ वर्षीय किशोरीलाई विवाह गर्न मानसिक दबाब दिएपछि हुन लागेको जबरर्जस्ती बालविवाह रोकिएको छ । 

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सामाजिक संस्कार र चेतनाका कमीले कम उमेरमा हुने विवाह रोक्न प्रहरीले सक्रियता बढाएको छ । जनजाति र दलित समुदायमा धेरैजसो बालविवाह हुने गरेको बाल अधिकारकर्मीको भनाइ छ । 

बढ्दो सूचना प्रविधि र सामाजिक विकृतिका कारण पनि विवाह हुने गरेको छ । अशिक्षा, सामाजिक संस्कार र साथीभाइको लहैलहैमा बालविवाह हुने गरेको बाल अधिकारकर्मी राजन बस्नेत बताउँछन् । कम उमेरमा विवाह गर्दा पुण्य प्राप्त हुने सामाजिक संस्कारले गर्दा थामी समुदायका बालबालिकालाई आमा बुबाले नैै विवाह गराउन बाध्य पार्ने शिक्षक बलबहादुर थामी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप