बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कलैयामा श्रीमतीको हत्या

बुधबार, ११ साउन २०७४, १६ : ०५
बुधबार, ११ साउन २०७४

कलैया– कलैया उपमहानगरपालिकामा मंगलबारराति एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । 

कलैया उपमहानगरपालिका– २४ श्रीपुरका ३५ वर्षीय श्रीकृष्ण रामले ३० वर्षीया श्रीमती कुन्तीदेवीको बन्चरो प्रहार गरी हत्या गरेका हुन् । 

बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेर श्रीकृष्ण फरार भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । कुन्तीदेवीको शव जिल्ला अस्पताल कलैयामा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप