शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरुवा बन्दुकसहित तीन जना पक्राउ

शुक्रबार, २८ मङ्सिर २०७५, २० : २१
शुक्रबार, २८ मङ्सिर २०७५

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रदेश नं ३ प्रहरीको संयुक्त प्रहरी टोलीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ओवाङबाट भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको छ । 

प्रहरी निरीक्षक नवराज ढुङ्गेल नेतृत्वको टोलीले चार नाल भरुवा बन्दुक, एक नाल बारबोरको बन्दुक र २२ बोरामा झण्डै ५०० किलो गाँजासहित स्थानीयवासी ४० वर्षीय ठूलोकान्छा तामाङ, ३० वर्षीय सानोकान्छा तामाङ र चितवन इच्छाकामना गाउँपालिकाका–७ का ४० वर्षीय गुञ्जबहादुर घलानलाई पक्राउ गरेको हो । 

ठूलोकान्छाको घरबाट दुई नाल भरुवा बन्दुक र एक नाल बारबोरको बन्दुक तथा सानो कान्छाको घरबाट एक नाल भरुवा बन्दुक र १० बोरा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । 

प्रहरीले ओवाङका दिलबहादुर घलानको घरबाट एक नाल भरुवा बन्दुक र १२ बोरा गाँजा बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई हतियारसहित जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप