बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

देश बन्दैछ आत्तिनुपर्दैनः मुख्यमन्त्री पोखरेल

शुक्रबार, २८ मङ्सिर २०७५, २० : १८
शुक्रबार, २८ मङ्सिर २०७५

-तेजेन्द्र केसी 

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लगानीकर्ताहरुको क्षमता बढाउन प्रदेश सरकार तयार रहेको बताएका छन् ।   उनले देशमा आर्थिक विकासदेखि अन्य सबै कामहरु सकारात्मक रुपमा अगाडि बढेकोले कोही पनि आत्तिनु नपर्ने बताएका छन् ।

बुटवल टुडेको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले क्षमता बढाउन नसके रोजगारी सिर्जना हुन नसक्ने भन्दै उनले नीजि क्षेत्रले रोजगारी सिर्जना सहज भएको भन्दै सरकारले पनि भूमिका निर्वाह गर्न तयार रहेको उल्लेख गरे ।

उनले भने — ‘जोखिम मोल्न चाहनेसँग पूजीको अभाब छ अहिलेको समस्या यो पनि हो ।’
प्रदेशले औद्योगिक वातावरण बनाउँछ, अहिले प्रदेशमा लगानीको वातावरण पनि बढिरहेको उनको दाबी छ । 

नेपालमा खेती मात्रै होइन, व्यापार पनि निर्वाहमुखी बनेको भन्दै मुख्यमन्त्री पोखरेलले  व्यापारी र उद्योगी पनि किसानभन्दा कम पछौटे नभएको चर्चा गरे । घर र व्यापार फरक–फरक स्थानमा बनाउन आग्रह गर्दै उनले व्यापारी उद्योगीलाइ भने – ‘बिजनेश कम्प्लेक्स किन नबनाएको ?’

बुटवल जस्तो प्राइम लोकसनका घर देख्दा अचम्म लाग्ने गरेको उनले बताए । मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर ५ औद्योगिक विकासका हिसाबले प्राइम लोकेसन भएको भन्दै प्रदेशमा लगानी बढाउन समस्या नभएको बताए ।

सरकारले मिनि इन्भेष्टमेन्ट कन्भेन्सन गर्ने समेत बताए  । प्रदेश सरकार यो ठाउँको विकास र लगानीका लागि अनुकुल वातावरण बन्ने दाबी गरे ।

‘संघीयताले देश बर्बाद गरायो, केपी ओलीले केहि गर्छन् की भन्ने थियो गरेनन् भन्ने कुरा  बाहिर आएको सुनेको भन्दै उनले खण्डन गर्दै भने— ‘मुलुक अगाडी बढिसकेको छ । संघीयताअघि जिडिपीको ग्रोथ रेट ३ थियो, सरकारले ८ को लक्ष्य लिएको छ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप