शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु प्रहरीद्वारा २० किलो चरेससहित एकजना पक्राउ

शुक्रबार, २८ मङ्सिर २०७५, १९ : ४५
शुक्रबार, २८ मङ्सिर २०७५

कपिलवस्तु । प्रहरीले लागुऔषध २० किलो चरेससहित एकजनालाई पक्राउ गरी शुक्रवार जिल्ला अदालतमा पेश गरेको छ । 

बिहीवार राती पौने १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट प्रहरी नायब निरीक्षक लोकबहादुर सिंहको कमाण्डमा  खटिएको गस्ती टोलीले चेकचाँज गर्दा उक्त परिमाणको लागुऔषध र अन्य वस्तु  समेत फेला पारी रोल्पा लिवाङ्गनगरपालिका–६ चईवाङ्गका २९ वर्षीय रमेश बुढालाई पक्राउ गरेको थियो । 

बमरीबाट रमुहदहतर्फ आउँदै गरेका ३ जना व्यक्तिहरुले पछाडि भिरेको झोला शंका लगेर प्रहरीले चेकजाँच गर्दा शिवराज नगरपालिका एक÷एक किलो तौलका २० पोका चरेस, पाँच किलो  ३ सय ग्राम तौलका भटमासको दाना र २ किलो ३ सय ५० ग्राम तौलको सिमिको दालसमेत बरामद गरेको थियो । 

बुढालाई पक्राउ गरेपनि अन्य दुई जना भने फरार भएको प्रहरीले जनाएको छ ।   फरार ती दुई जनाको खोजी कार्य भईरहेको र पक्राउ परेका बुढालाई अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता  डिएसपी रवि रावलले जानकारी दिए । 

खुल्ला सिमना रहेको कपिलवस्तुमा त्यहाँको प्रहरीले दैनिक जसो अवैध सामग्रीहरु वरामद गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप