शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ऊर्जामन्त्री पुनलाई २०६ किलोको माला

शुक्रबार, २८ मङ्सिर २०७५, १९ : ४०
शुक्रबार, २८ मङ्सिर २०७५

-संजय मिश्रा

रौतहट । सिंचाई जलश्रोत तथा ऊर्जामन्त्री बर्षमान पुनलाई २०६ किलोको फुलको माला लगाई स्वागत गरिएको छ । रौतहटको संसदीय निर्वाचन क्षेत्र ३ अन्र्तगत कटहरिया नगरपालिकास्थित एक समारोहबीच क्रमश १०५ र १०१ किलोको फुलको माला लगाएर मन्त्री पुनको स्वागत गरिएको हो ।

नेकपा क्षेत्र ३ द्धारा आयोजित लालबकैया, बागमती नदीमा मजबुत तटबन्ध तथा ऊर्जा र सिचाईं विकासको लागि जनसभामा सोनार समाज र कटहरिया नगरपालिकाले उक्त माला लगाएर मन्त्री पुनलाई शुुक्रबार स्वागत गरेको हो ।

उक्त अवसरमा मन्त्री पुनले रौतहटका साथै प्रदेश २ को विकासका लागि नेकपाको सरकार सदैव तत्पर रहेको बताए ।

प्रदेश २ अन्नको भण्डार रहेको बताउँदै मन्त्री पुनले यहाँ १२ महिना सिचाईंको लागि सुुनकोशी र कमला सिचाईं आयोजना अघि सारेको बताए ।

उक्त दुुवै आयोजना सफल भएमा प्रदेश २ को एक करोड ७८ लाख हेक्टर जग्गा सिञ्चित हुने मन्त्री पुनले जानकारी गराए ।

जनयुद्वको क्रममा आफू रौतहट, बारा, पर्साको विभिन्न स्थानमा विद्यार्थीको भेसमा आउने गरेको सम्झना गर्दै उनले मधेसको वास्तविक समस्याबारे आफूले नजिकबाट नियालेको बताए ।

आउँदा तीन बर्षभित्र सिचाईं र सबधुतको समस्या समाधान गर्ने सरकारको योजना रहेको मन्त्री पुनले दोहर्याए ।

प्रदेश २ मा गरिब तथा विपन्नको घरसम्म विद्युत पुर्याउन केन्द्र, प्रदेश र स्थानिय तह मिलेर काम गर्ने उनले बताए ।

रौतहटको पूर्वी भेगमा रहेको बागमती र पश्चिम लालबकैया नदी नियन्त्रण तथा सिचाईं र ऊर्जाको विकासका लागि आफू प्रतिबद्ध रहेको मन्त्री पुनले बताए ।

प्रदेश २ का नेकपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभुु साहले २०१५ सालको पहिलो आम निर्वाचनमा रौतहटमा हरिदयाल महतो र शेख फरमान कम्युनिष्टबाट जितेर लालकिला भएको प्रमाणित गरिसकेको बताए ।

सामाजिक न्यायसहितको विकास, घर–घरमा शिक्षा, स्वास्थ्यदेखि गाँस, बास, कपासको व्यवस्था नया संविधानमा रहेको सांसद साहले बताए ।

देशको समृद्धिको आधार प्रदेश २ रहेको र यहाँ समृद्धिको आधारक्षेत्र रौतहट बागमती र लालबकैया नदीको डुुबानमा परेर अभिसाप भएको बताए ।

संसारका ठूला–ठूला शहर नदीकै किनारमा रहेको विश्लेषण गर्दै बागमती र बकैया नदीलाई नियन्त्रण गरेर समृद्धीको आधार बनाउनमा सहयोग गर्न उनले मन्त्री पुनलाई आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्कर ३ द्धारा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय सदस्य समिर भटराई, प्रदेश २ का इन्चार्ज रामचन्द्र मण्डल, संघीय सांसद समिना हुसैन, रेखा झा, प्रदेश सांसद कुन्दन कुश्वाहा, नागेन्द्र यादव, नेकपा प्रदेश कमिटि सदस्य शम्भुु साह, वहिद अन्सारी, दुवकी नेपाल, अशोक जयसवाल, त्रिभुवन साह लगायतले जिल्लामा रहेको नदी खोला नियन्त्रण तथा ऊर्जा र सिचाईं विकासमा जोड दिएका थिए ।

मन्त्री पुन र प्राविधिकहरुको टोली जिल्लाको विभिन्न १९ स्थानमा स्थलगत निरिक्षण गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप