शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चार शिक्षक– शून्य विद्यार्थी, तलवका लागि हाजिरी !

बुधबार, ११ साउन २०७४, १५ : ५९
बुधबार, ११ साउन २०७४

गुल्मी– हेलो सर, त्यो विद्यालयमा त एक जना पनि विद्यार्थी छैनन रे’नि ? उताबाट जवाफ आउँछ – ‘हो  सर,  विद्यार्थी त जिरो नै छन् । शिक्षक चाँही कति हुनुहुन्छ नि  ? अर्को प्रश्नमा जबाफ आउँछ –तीन जना अस्थाई र एक जना निजी श्रोत सहित चार जना छौं । 


त्यसो भए त काम केहि छैन हैं ? भन्ने तेश्रो प्रश्नमा उनले भने–‘ सधै दश वजे विद्यालय पुगेर आ–आफ्नो हाँजिर गरेकै हुन्छौं क्यारे, विद्यार्थी एक जना पनि नभएपछि बस्ने कुरै भएन , हाजिर गरेपछि घर फर्किन्छौं । यसरी जे छ त्यही  जवाफ दिने  व्यक्ति हुन् –वाग्लुङ्गको गल्कोट नगरपालिका वडा नम्वर ५ हरिचौर स्थित शिद्धप्राविका  प्रधानध्यापक हिमबहादुर खत्री ।


यो विद्यालयमा यसवर्षको पहिलो शैक्षिक सत्रमा ११ जना विद्यार्थी भर्ना भएपनि उनिहरु मध्ये एक जना पनि विद्यालय आउदैनन् । विद्यार्थी नआएपछि त्यहाँका चार जना शिक्षकहरुलाई हाजिर गर्न आउनु र घर जानु मात्रै भएको छ ।  प्रति शिक्षक मासिक कति सम्म तलव आउँछ सर ? भन्ने चौथो प्रश्नमा उनले भने–‘ महिनाको २७ देखि २८ हजार सम्म हामी स्थाईले तलव खान्छौं भने निजी श्रोतकी शिक्षिकाले मासिक ५ हजार खानु हुन्छ । यस हिसालले विना काम तीन शिक्षकले कम्तिमा पनि मासिक ८०  हजार तलव  घरै बसेर खाएको पाइएको छ । 


अघिल्लो वर्षमा २२, यो वर्षमा ११ विद्यार्थी हुने भएपनि जिल्ला शिक्षा कार्यालयले बर्षेनी निरक्षण गरिरहेका छन् । २०४१ सालमा स्थापना भएदेखि यो विद्यालयमा प्रावि तहमा  हुनु पर्ने न्युनतम विद्यार्थीको संख्या कहिल्यै पुगेको छैन । २०५९ सालमा भने  विद्यालयको ईतिहाँसमा सवै भन्दा बढि  ३५ जना विद्यार्थीहरुको संख्या पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर थापाले बताए । 


प्रध्यानाध्यापक हिमबहादुर खत्रीले व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघलगायतको निर्णयअनुसार काम गरेपनि विद्यार्थी नआएको बताए । भने –‘मैलै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार घरदैलो अभियान अगाडि बढाउन भनेँ तर अध्यक्षज्यूले आफ्ना बालबच्चा समेत अर्को विद्यालयमा भर्ना गरिसक्नुभएछ,। ’ 


उनले विद्यार्थी शुन्यमा झरे लगत्तै आफुले सम्बन्धीत स्थानमा जानकारी गराएको पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप