बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी कमिटी बैठक विवादरहित बनाउन प्रचण्ड सक्रिय

शुक्रबार, २८ मङ्सिर २०७५, १९ : ३६
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शनिबार दिउँसाे १ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने छ। 

त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेको लागि सचिवालय बैठक बोलाइएको छ।  

 सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डाबारे  अवधारणा तयार गर्ने जनाइएको छ। अध्यक्ष केपी ओली खासगरी सरकारका उपलब्धी, एकतापछिको पार्टीको अवस्था र आगामी कार्यभार लगायतका विषयमा दस्तावेद ल्याउने तयारीमा छन् ।

त्यसलाई आवश्यकताअनुसार परिमार्जन गर्न र सबैलाई स्वीकार्य बनाउने पहलमा प्रचण्ड लागेका छन् । केही दिनअघिको बैठक बहिष्कार गरेका ४ शीर्ष नेताले उठाएका माग र पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गरेर कसरी सुदृढ बनाउने भन्ने विषयमा दस्तावेज केन्द्रीत हुने बताइएको छ ।

बैठक बहिष्कार गर्ने चार शीर्ष नेताले सरकारलाई संस्थागत ढंगले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने लगायतका एजेण्डा उठाउँदै आएका छन् । उनीहरुले सरकार र पार्टी नेतृत्वबीच समन्वयको अभाव रहेको भन्दै पार्टीको निर्देशनमा सरकार चल्नुपर्ने अडान लिँदै आएका छन् । 

उनीहरुका एजेण्डामा अध्यक्ष प्रचण्ड पनि सकारात्मक देखिएको श्रोतको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप