बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बुलबुलले ल्यायो अनौंठो टिजर

शुक्रबार, २८ मङ्सिर २०७५, १९ : ०८
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राईभरको भूमिकामा निर्वाह गरेको चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ । टिजर अनौठो स्वादमा आएको छ । चलचित्रको एक दृश्य जस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भूमिकामा देखिँदै आएकी नायिका स्वस्तिमा खडकाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ ।

साथै देखिएका नवनायक मुकुन भुषालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ । टिजर मार्फत चरित्र चित्रण र चलचित्रको स्वाद कस्तो छ भनेर छनक दिन खोजेको देखिन्छ ।  छोटो दृश्यमै दुवै कलाकारले फरक–फरक भाव र फरक रसमा सरल तर प्राकृतिक तवरले आफनो अभिनय कौशल देखाउन सफल भएका छन् । टिजर हेर्दा चलचित्रमा केही न केही खँदिलो र पृथक कुरा छ भन्ने अनुमान गर्न सकिन्छ ।

फागुन ३ गते भ्यालेन्टाइनको छेको पारेर प्रदर्शनमा आउने चलचित्र बुलबुलको खुद्राखाद्री मायाले बोलको गीत पनि यतिखेर बजारमा दिन प्रतिदिन लोकप्रिय हुँदै गएको छ । चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल ,बुद्धि तामाङ्ग ,दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।

चलचित्रको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ । चलचित्र विनोद पौडेलले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप