बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपाधि होडमा उभियो मनाङ

शुक्रबार, २८ मङ्सिर २०७५, १८ : ५७
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– मनाङ मस्र्याङ्दी क्लबले पल्सर सहित स्मारक ए डिभिजन लिगमा उपाधि होड बलियो बनाएको छ ।  लिग अन्तर्गत एन्फा मैदानमा शुुक्रबार भएको खेलमा मनाङले बलियो प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हरायो । मनाङको जितमा विशाल राईले ३१ औं मिनेटमा गोल गरेका थिए ।

हेमन गुरुङलाई आर्मीका रक्षकले फल हानेपछि रेफ्रीले मनाङलाई बल अगाडी बढाउन मौका दिए । त्यसैमा विशालले गोल गरेका थिए । त्यसपछि आर्मीले खेलको अन्तिमसम्म गोल फर्काउने मौका बनाएपनि सफल हुन सकेन ।

मनाङले आठौं खेलसम्म आफ्नो अपराजित यात्रा कायम राखेको छ । जितसँगै शीर्ष स्थानमा रहेको मनाङले २४ अंक बनाएको छ । मनाङ दोस्रो स्थानमा रहेको संकटा भन्दा तीन अंकले अगाडी छ । संकटाको २१ अंक छ । तेस्रो स्थानमा रहेको थ्रीस्टारको १८ अंक छ । आर्मीले १७ अंक बनाएको आर्मी चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप