शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय गोवा शहरको स्वाद अब रोयल मल्टीकुजीनमा

शुक्रबार, २८ मङ्सिर २०७५, १८ : ४५
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– भारतीय शहर गोवाका रेष्टुरेण्ट अनि पाँचतारे होटलमा पाइने मट्की फिस करी र मट्की चिकेनका स्वाद अब नेपालमा रोयल तन्दुरी मल्टिकुजीन रेष्टुरेण्टमा पाइने भएको छ । मनोरम वातावरणमा सञ्चालन गरिएको यस रेष्टुरेण्ट गोदावरी भ्रमणमा आउने पर्यटक,  किशोर किशोरी अनि पारिवारिक जमघटको लागि लक्षित गरी ललितपुरको हरिसिद्धी–२८, खरीबोटमा सञ्चालन गरिएको हो । 

लामो समय भारतको गोवा लगायतका शहरमा काम गरेका पाककलामा अनुभवी कुकबाट स्वादिष्ट ‘तन्दुरी चाप’,‘चिकेन तन्दुरी,’ ‘स्टाप द ताङ्ग्र्री कवाब’ जस्ता भारतीय खानाका परिकार लगायत नेपाली खानाका परिकार पनि रोयल तन्दुरीको स्वाद चाख्न पाइन्छ । पाकिसकेको चिकेनका अलावा फिस करीलाइ माटोको कचौरामा तयार गरिएको ‘मट्की चिकेन’, ‘मट्की फिस करी’ को स्वादले भारतीय शहर गोवामा पाइने परिकारको झझल्को दिने गर्दछ ।

ह्रिसिद्धीमा रहेको मेरो सिटी कम्पलेक्स, सितापाखा, खरीबोटका बासिन्दालाई आकर्षण गर्न सञ्चालनमा ल्याइएको यस रेष्टुरेण्टमा गोवाको साकुरी(काँचो नरिवललाई भुटेर पिसी तयार गरिएको मसला राखेर तयार गरिएको माछा,चिकेन र खसीका मासुका परिकार) पनि विशेष परिकारको रुपमा रहेको छ । स्वादिलो खानाका साथै निकैनै शान्त वातावरणमा रहेको रेष्टुरेण्टले सरसफाई , स्वस्थ खानेकुरा र गा्रहकको सन्तुष्टिनै आफनो मुख्य उदेश्य बनाएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप