शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अल्फा बिटा इन्टर कलेज क्वीज प्रतियोगिता, जेभियर इन्टरनेसनल कलेज बिजयी

शुक्रबार, २८ मङ्सिर २०७५, १८ : २५
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं–अल्फा बिटा इन्टर कलेज हाजिरीजवाफ प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेज बिजयी भएको छ । अल्फा बिटाले आयोजना गरेको दुई दिने सो प्रतियोगितामा १६ कलेज सहभागि भएकोमा जेभियर इन्टरनेसनल विजेता हुन सफल भएको हो । सो प्रतियोगितामा गोल्डेन गेट इन्टरनेसनल कलेज उपविजेता हुन सफल भएको छ । 

बिजेता जेभिएर इन्टरनेश्नल कलेजलाई ५० हजार रुपैयाँ नगदका साथै ट्रफि तथा मेडलबाट पुरस्कृत भएको छ । त्यसैगरी उपबिजेता गोल्डेन गेट इन्टरनेश्नल कलेजले पच्चिस हजार नगदका साथै ट्रफि तथा मेडल प्राप्त गरेको छ ।

बिजेता र उपबिजेतालाई अल्फा बिटाका प्रबन्ध निर्देशक मञ्जु शर्माले पुरस्कार प्रदान गरिन् । पुरस्कार बितरण गर्दै प्रबन्ध निर्देशक शर्माले यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा स्वच्छ प्रतिस्पर्धाको भावना विकाश गर्ने बताइन् । बुधवार र बिहिबार सञ्चालन भएको सो प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका कलेजका विद्यार्थी सहभागि भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप