बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीको राजीनामाको मागबाट पछि हटे लगानीकर्ता, वार्ता सकारात्मक

शुक्रबार, २८ मङ्सिर २०७५, १८ : २४
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– शुक्रबार अर्थ मन्त्रालयले बोलाएको सेयर लगानीकर्ताको दबावमुलक समुहसँगको वार्ता सकारात्मक देखिएको छ । विगत ६ दिनदेखि अनसन बसेका लगानीकर्तालाई अर्थ मन्त्रालयले शुक्रबार बोलाएर वार्ता गरेको छ । दवाबमुलक समुहबाट लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, तिलक कोइराला, दीपेन्द्र अग्रवाल, सुस्मा ढुंगाना र लगानीकर्ता संघका अपाध्यक्ष तारा फुलेल पुगेका थिए । 

अर्थ मन्त्रालयलले बनाएको उच्चस्तरीय वित्तिय सुधार समितिका संयोजक डेपुटी गर्भनर शिवराज श्रेष्ठ, इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल लगायत र  दवाब समुहका सदस्य वार्तामा उपस्थित भए । नेपाल बैंकर्स एसोसिएसनमा अध्यक्ष ज्ञानेन्द्र ढुंगाना भने उपस्थित भएनन् । 

आजको बैठकमा उपस्थित एक सदस्यले लगानीकर्ता समुहले राखेको १४ वटा माग मध्ये १२ वटा मागमा सरकार सकारात्मक भएको बताए । ती सदस्यका अनुसार अर्थ मन्त्रालयलले आइतबार प्रतिवेदन सार्वजनिक गरेसँगै लगानीकर्ताको १२ वटा माग कार्यान्वयनमा आउने आश्वासन दिएको छ । १ र १२ नम्बरको बुँदामा भने सहमति भएन । यी बुँदामा वीमा कम्पनीको मर्जर र अर्थमन्त्रीको राजीनामा थिए । 

दवाव मुलक समुहबाट उतम अर्याल, तिलक कोइराला र अर्का एकजना लगानीकर्ता गरी तीन जना सदस्य उच्च स्तरीय समितिमा थप गरिएको बैंठकमा उपस्थित सदस्यले रातोपाटीलाई बताए ।  ब्याजदरमा बृद्धि र सेयर बजार लगातार ओरालो लागेपछि सरकारले मूद्रा तथा पूँजी बजारमा देखिएको समस्या अध्ययन गर्न समिति गठन गरेको थियो । समितिले आइतबार प्रतिवेदन पेश गर्नेछ  र आइतबारबाटै माग कार्यान्वयनमा आउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप