मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महासमिति बैठक: दस्तावेज वितरण र रजिष्ट्रेसन गराउने कार्य सुरु

शुक्रबार, २८ मङ्सिर २०७५, १८ : ११
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– नेपाली काँग्रेसले महासमिति बैठकमा उपस्थित हुने आएका महासमिति सदस्यहरुलाई दस्तावेज वितरण र रजिष्ट्रेसन गराएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा ७ काउन्टरबाट महासमिति प्रतिनिधिलाई दस्तावेज वितरण र रजिष्ट्रेसन गराउने कार्य भइरहेको छ । 

महासमिति बैठकमा करीब १ हजार ६ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने भएका छन् । बैठकमा संघीयता कार्यान्वयन भन्दाअघि कायम रहेका २ सय ४० निर्वाचन क्षेत्रअनुसार ५ जनाका दरले १२ सय प्रतिनिधि सहभागी हुनेछन् । साथै भ्रातृ–शुभेच्छुक र जनसम्पर्क समितिबाट ९७–९७ जना सहभागी हुनेछन् ।

जिल्ला सभापति रहेर महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति पर्यवेक्षकको हैसियतमा सहभागी हुने छन् । साथै, बैठकमा सहभागी गराउनका लागि सभापतिले १० जना मनोनित गर्ने व्यवस्था छ । जसमा आज १२ सय जनाले परिचयपत्र वितरण गरिने कांग्रेसले जनाएको छ । बाँकीलाई भोली विहान पर्यवेक्षकका रुपमा वितरण गरिनेछ । सो बापत महासमिति सदस्यले एकहजार रुपियाँ बुझाउने गरेका छन् । 

काठमाडौंको रामशाहपथस्थित एक प्यालेसमा शनिबार बिहान ११ बजे पार्टीका सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन हुने कार्यक्रम छ । शनिबारनै अपरान्हबाट बन्द सत्र सूरु हुने कार्यक्रम पनि तय गरिएको छ ।

बन्द सत्रमा पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री डा.शशांक कोइरालाले सांगठनिक प्रतिवेदन, पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रतिवेदन, सहमहामन्त्री डा.प्रकाशशरण महतले अर्थनीति सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको आय÷व्यय विवरण समेटिएको प्रतिवेदन पेस गर्नु हुने काँग्रेसले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप