शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिएमडब्ल्यु मोटरसाइकल अब नेपाली बजारमा, ९ लाख ५० हजारबाट मूल्य सुरु

शुक्रबार, २८ मङ्सिर २०७५, १८ : १०
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं –विश्वप्रख्यात जर्मनीको अटोमोबाइल्स कम्पनी बिएमडब्ल्युद्धारा उत्पादित जी–३१० आर र जी–३१० जीएस मोटरसाइकल नेपाली बजारमा भित्राईएको हो । कम्पनीले आगामी शनिबारसम्म यसको टेष्ट राईड गराउने जनाएको छ । इन्ट्री लेवल सेग्मेन्टमा भारतीय प्लान्टबाट उत्पादन गरिएको यो बाइक शुक्रबारबाट औपचारीकरुपमा बिक्री वितरण कार्य सुरु गरिएको छ।

उत्कृष्ट डिजाइन, आकर्षक बडी र उच्च पर्फमेन्सका कारण बिएमडब्ल्यूका बाइक संसारभर चर्चित छन् । त्यस्तोमा कम्पनीले इन्ट्री लेवलका जी–३१० का दुई मोडललाई आर्कषक बनाउन कुनै कसर बाँकी राखेको छैन ।

यी बाइकमा सार्प र सिल्क बडी, सिंगल–स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गरिएको छ, जसलाई ‘पेन्टागनल विन्डशील्ड’ले ढाकिएको छ । टेकोमिटर, स्पीडोमीटर, ओडोमिटर, फियुल गेज, गियर इन्डिकेटर, एबीएस सिग्नलका साथ अन्य थुप्रै रेगुलर फिचरहरु रहेको छ ।

दुबै बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ९,५०० आरपीएममा ३४ बीएचपी पावर र ७५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ । जी–३१० जीएसको तौल १६९ केजी रहेको छ भने जी–३१० आरको तौल १५८।५ किलोग्राम रहेको छ । दुबै बाइकमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । यी बाइकको टप स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।

बाइकमा राइडिङ्ग क्षमतासंगै उत्कृष्ट ब्रेकिङ्ग सिस्टम दिइएको कम्पनीको दाबी छ । यसको फ्रन्ट र रियरमा १७ इन्च अलोय ह्वील दिइएको छ भने, डबल च्यानल एबीएस र अगाडि ३०० एमएम डिस्क ब्रेक र रियरमा २४० एमएमको सिंगल पिस्टोन क्यालिपर जडित डिस्क ब्रेक दिइएको छ । विभिन्न तीन कलर अप्शनमा उपलब्ध यस बाइकको मूल्य कलर अनुसार फरक रहेको छ ।

प्रायःजसो प्रिमियम ब्रान्डले कलर अनुसार मूल्य राख्ने गरेकोमा कम्पनीले रातो र कालो रंगका मोडल जी–३१० आरको मूल्य समान ९ लाख ५० हजार रुपैयाँ तोकेको छ भने, सेतो रंगमा उपलब्ध मोडलको मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ राखिएको छ । त्यसैगरी रातो र कालो रंगको बिएमडब्ल्यु जी–३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने, सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख ११ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप