शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कल कारखाना तथा उद्योग सञ्चालन गर्न व्यवसायीहरुसँग मन्त्री यादवको आग्रह

शुक्रबार, २८ मङ्सिर २०७५, १७ : ४७
शुक्रबार, २८ मङ्सिर २०७५

-किरण कुमार कर्ण

जनकपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुको मोनोपालीको कारण सरकार सञ्चालनमा अवरोध भएकै कारण संघीयता धरापमा पर्ने सक्ने आशंका व्यक्त गरेका छन् ।

शुक्रबार धनुषाधाम उद्योग वाणिज्य संघको कार्यलय समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले विभिन्न प्रदेशका सरकार सञ्चालनका लागि हजारौँको संख्यामा कर्मचारीहरु पठाएपनि उनीहरुले विभिन्न बहानाबाजी गरेको आरोप लगाए ।

उनले प्रदेश नं. २ मा २ हजार १ सय ८१ जना कर्मचारीको आवश्यक रहेपनि अहिलेसम्म  अति नै न्यून कर्मचारीहरुले काम गरिरहेकाले र अधिकांश कर्मचारीको अनुपस्थितिले संघीयता धरापमा पर्नसक्ने खतरा रहेको स्पष्ट पारे ।

उनले कर्मचारीको काम गर्ने पाराभन्दा पनि दिनगन्ती गरि काट्ने गरेको र अतिरिक्त रुपमा कार्यालयको कामलाई लिएको विभिन्न अप्ठ्यारो सृजना भएको बताए । उनले समृद्ध देश निर्माणका लागि उत्पादनमुलक उद्योग सञ्चालनमा ल्याउनुपर्ने बताए । 

उनले युवाहरुको ठूलो हिस्सा रोजगारीको लागि विदेश पलायन भईरहेकोले सो समूहलाई समेत लक्षित गरि आफ्नै मूलुकमा रोजगारीको अवसरहरु सृजना गरेर रोक्न सकेमात्र मुलुक समृद्धिको दिशातर्फ अग्रसर हुने बताए । त्यसका लागि व्यवसायीहरुले रोजगारीको निम्ति विभिन्न कल कारखानाहरु स्थापना गर्नका लागि आग्रह समेत गरे । उनले भने – ‘स्थानीयस्तरमा पनि उत्पादन व्यवसाय तथा उद्योगहरु सञ्चालनमा ल्याउन आग्रह गर्दछु ।’

नयाँ उद्योग सञ्चालनका लागि सरकारको तर्फबाट गर्न सकिने सबै किसिमिको सहयोग गर्न आफू जतिबेला पनि तयार रहेकोले तत्काल कलकारखाना उद्योगहरु सञ्चालन गर्न आग्रह गरे ।

उनले बन्द भएका उद्योग सञ्चालनका लागि सरकारले पहल गरिरहेको समेत बताए ।

धनुषाधाम उद्योग वाणिज्य संघको अध्यक्ष किशोरी ठाकुरको अध्यक्षतामा भएको यस कार्यकममा प्रदेश सांसदद्वय रामचन्द्र मण्डल र किशोरी साहको समेत उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप