शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा ५ महिनामा ७० जनाद्वारा आत्महत्या

शुक्रबार, २८ मङ्सिर २०७५, १७ : ४७
शुक्रबार, २८ मङ्सिर २०७५

बुटवल– प्रदेश ५ का १२ जिल्लामध्ये दाङ्गमा आत्महत्याको डरलाग्दो तथ्य फेला परेको छ । तीमध्ये पूर्वी रुकुममा आत्महतया गर्नेको सङ्ख्या सबैभन्दा कम देखिएको छ । त्यस्तै, रोल्पा  र अर्घाखाँचीमा पनि विगतको तुलनामा यो क्रम घटेको छ । पाल्पा, गुल्मी  र प्युठान  दाङ्गपछि बढी आत्महत्या गर्नेहरुको संख्या भएको जिल्ला बनेको छ । 

ती जिल्लाहरुमा यो बर्षको गत साउन महिनादेखि मङंसिरसम्म २७  देखि ४० जना सम्मले आत्महत्या गरेका छन भने दाङ्गमा यहि अवधीमा ७० जनाले आत्महत्या गरेका छन् । बिहीबार एकैदिनमा तीन जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी वेल पाण्डेले जानकारी दिए । ‘प्राय दिनमा एकादुई जना आत्महत्या गर्नेहरु जिल्लामा रहेका छन्’, एसपी पाण्डेले भने– ‘श्रावणदेखि आजको मिति सम्म ७० जनाले आत्महत्या गरेका छन् । विगतको  र अन्य जिल्लाको तुलनामा यो संख्या डरलाग्दो तथ्य हो ।’

उनका अनुसार साउन महिनामा १७ जनाले आत्महत्या गरे । भदौंमा ९, असोजमा १२, कातिकमा २२ र  मंसिरमा १० जनाले आत्महत्या गरेका छन् । तीमध्ये ४६ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् भने २४ जनाले बिष सेवन गरेर आत्महत्या गरेका हुन् ।

७० जनामा ३७ जना महिला र ३३ जना पुरुष छन् ।  आत्महत्या गर्नेहरुमा बढिजसो विवाहित रहेका छन् । ७० जनामाा ५४ जना विवाहित महिला र पुरुषले आत्महत्या गरेका छन् भने अविवाहित १६ जनाले आत्महत्या गरेका छन् । त्यस्तै आत्महत्या गर्नेमा २४ देखि ४४ बर्ष उमेर समुहका रहेका प्रहरीले जनाएको छ । त्यससमुहका २८ जनाले आत्महत्या गरेका छन् ।  १५ वर्षदेखि २४ वर्ष उमेर  समुहका ११ जनाले आत्महत्या गरेका छन् भने ४४ देखि ६४ बर्ष उमेर समुहका २१  जना छन् ।

६५ बर्ष भन्दा माथिका उमेर भएका ४ जनाले आत्महत्या गरेका छन् । यस्तै, रुपन्देहीका प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार जिल्लामा ५ महिनाको अवधिमा २७ जनाले आत्महत्या गरेका छन् ।  बस्नेतका अनुसार साउनमा ८, भदौमा ५, असोजमा ८, कातिकमा ४ र मङ्सिरमा २ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये महिला १० र पुरुष १७ जना छन् ।  आत्महत्या गर्नुको कारण गरिबी र अभाव कारक हुनसक्ने प्रहरीको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप