शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पनि मन्ट्रियल महासन्धि लागू हुने, नियममा बाँधिदै अन्तर्राष्ट्रिय उडान

शुक्रबार, २८ मङ्सिर २०७५, १७ : ३५
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय हवाई उडड्यन बाहकका लागि निश्चित नियमहरु एकीकरण गर्ने महासन्धि (मन्ट्रियल महासन्धि) लागू गर्ने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार (भोली)देखि सो महासन्धि लागू गर्न लागिएको जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले आफ्ना सदस्य राष्ट्रहरुलाई पत्रचार गरेपछि सो महासन्धि शनिबारदेखि नेपालमा पनि लागू गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।  सो महासन्धि नेपालमा रहेका अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुले अनिवार्य लागू गर्नुपर्नेछ ।

महासन्धि लागू भएपछि नेपालका अन्तर्राष्ट्रिय हवाई उडान भर्ने यात्रुहरुको विमान  दुर्घटना भई ज्यान गएमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्षतिपूर्ति पाउने व्यवस्था रहेको पनि सहसचिव लामिछानेले जानकारी दिए ।

मन्त्रालयका हवाई सुरक्षा तथा प्राधिकरण सुपरिवेक्षण महाशाखाका प्रमुख समेत रहेका उनले उनले सो महासन्धि लागू भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली हवाई यात्रुहरुले आफ्नो सामान हराउने, बिग्रने चिन्ता लिन नपर्ने पनि स्पष्ट पारे । 

यसअघि अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली नागरिकहरुको उडानका क्रममा विमान दुर्घटना भई मृत्य भएपनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्षति पाउनबाट बञ्चित भएका थिए । अब सो महासन्धि लागू भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली यात्रुहरुले पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै क्षतिपूर्ति पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप