शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ३२.५ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणको

शुक्रबार, २८ मङ्सिर २०७५, १७ : १९
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीलाईलाई ३२.५ प्रतिशत स्वामित्व दिने भएको छ । संस्थाको दोस्रो वार्षिक साधारण सभाले स्वतन्त्र सञ्चालकमा सञ्चालक समितिले नियुक्त गरेका प्रदीप नरसिंह रायमाझीलाई अनुमोदन पनि गरेको छ ।

साधारण सभाले जारी शेयर पुजी २० करोड ७४ लाख संस्थापक शेयर स्वामित्व ६७.५ प्रतिशतर सर्बसाधारणको शेयर स्वामित्व ३२.५ प्रतिशतमा वर्गीकरण गरी शेयर स्वमित्व कायम गर्ने निर्णय गरेको हो । प्रबन्धपत्रको उद्देश्यमा विप्रेषण र भुक्तानी सेवाप्रदायक कारोबार गर्ने, उपयुक्त लघुवित्त संस्थालाई प्राप्ति गर्ने वा प्राप्ति हुन जाने र सोसँग सम्बधित कार्य गर्न  सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंक बाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो । संस्थाले २३ जिल्लामा ४२ वटा शाखा कार्यालय मार्फत २३ हजार २ सय भन्दा बढी विपन्न घर परिवारलाई सेवा पु¥याएको छ । संस्थाको ग्राहक सदस्यहरूमा १ अर्व १४ करोड २० लाखभन्दा बढी कर्जा लगानी रहेको र ३६ करोड ७६लाख भन्दा बढी निक्षेप जम्मा गरेको संस्थले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप