शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमएमा जिम्बा जाङबु शेर्पाको उम्मेदवारी किन ?

बुधबार, ११ साउन २०७४, १५ : ४३
बुधबार, ११ साउन २०७४

काठमाडौं – यही साउन २१ गते हुने नेपाल पर्वतारोहण संघ (एनएमए)  को २७ औं साधारण सभाले संघमा नयाँ नेतृत्व चयन गर्दैछ । निर्वाचन र साधारण सभा मिति नजिकिएसँगै अध्यक्ष लगायतका अन्य पदका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम समेत बढेको छ । यसअघि पनि अध्यक्षको जिम्मेवारी सम्हालिसकेका जिम्बा जाङबु शेर्पाले पुन अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । 
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्रमशः सन्तबीर लामा र निमी शेर्पालाई अध्यक्षको उम्मेद्वारको रुपमा अघि सारिसकेको छ । यो अवस्थामा पूर्वअध्यक्ष जिम्वाजाङबु शेपा पनि एनएमएको नेतृत्वमा अघि सर्दै छन् । 
नेपाल पर्वतारोहण संघको अस्तित्व जोगाउनको लागि सर्वोच्च अदालतमा विगतमा २ वर्षसम्म मुद्दा–मामिलामा बिताईरहेका जिम्बा भन्छन्, ‘पुनः जिल्ला प्रशासन कार्यालयले ‘फेरि निर्वाचन गरि नयाँ कार्यसमिति चयन गर्नु’ भन्ने आदेश दिएपछि नयाँ निर्वाचन भयो । सो निर्वाचनबाट म अध्यक्षमा निर्वाचित भए । यसरी विवादै विवादकाबीच असन्तुलित ढंगबाट निर्वाचित भई आएको हुदाँ मैले सो कार्यकालमा सोचे अनुरुप काम गर्न पाइन् । त्यसैले अध्यक्षको दाबेदारी प्रस्तुत गरेको हुँ ।’ 
उनले थपे, ‘तैपनि सबै असन्तुष्ट पक्षलाई समेट्दै मैले ३० बर्षपछि नेपालमा यूआइएएको साधारणसभा सफलतापूर्वक सम्पन्न गरें । हालका अध्यक्षलाई एसियाबाट नेपाललाई यूआइएएको हनोररी मेम्बर बनाउन सफल भए । यद्यपी त्यो बेलाका अधुरा कामहरु पुरा गर्ने मेरो धोको छ ।’ 
उनले बजारमा अध्यक्षको रुपमा ज–जसको नाम आइरहेको छ । उनीहरुबाट एमएमएको बचाउ होला जस्तो नलागेकाले उम्म्द्वारी दिन खोजेको बताए । 
उनीहरु विगतदेखि नै कसरी हुन्छ, एनएमएलाई सिध्याउने भनेर लागेका व्यक्ति र पार्टीबाट सञ्चालित रहेको समेत उनले आरोप लगाए । उनले भने, ‘अबको निर्वाचन भनेको पिक खोस्न चाहने र पिक बचाउने समूहबीचको लडाई हो । 
जिम्बा एक स्वतन्त्र पर्यटन व्यवसायी पनि हुन् । ४० वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा क्रियाशिलमा आबद्व छन् । उनी यो पार्टी, उ पार्टी भन्दा पनि विशुद्व व्यवसायी र एनएमए बचाउन अभियानमा लागेको बुझिन्छ । 
संघको उद्देश्य र पर्वतारोहणको महत्व वुझ्ने, संघको हकहितको लागि लड्ने विशुद्व पर्वतीय पर्यटन व्यवसायमा लागेका, विवादरहित व्यक्तिलाई संघको अध्यक्षमा निर्वाचित गरिदिनहुन उनले सबैसामू अपिल पनि गरेका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप