शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युवाहरु रोजगारीको लागि विदेश पलायन हुनु दूर्भाग्य हो: उद्योगमन्त्री यादव

शुक्रबार, २८ मङ्सिर २०७५, १७ : ०३
शुक्रबार, २८ मङ्सिर २०७५

सिरहा– उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले समृद्ध मुलुक निर्माणका लागि उत्पादनमुलक उद्योग सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।  उद्योग व्यापार संघ, गोलबजारको नव निर्वाचित पदाधिकारीको पदस्थापन तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले व्यापारले मात्र देश समृद्ध नहुने नहुने भएकाले व्यवसायीहरुलाई उत्पादनमूलक उद्योग सञ्चालन गर्न आग्रह गरे ।

‘आज पनि युवाहरुको ठूलो हिस्सा रोजगारीको लागि विदेश पलायन भईरहेको छ, त्यो समुहलाई आफ्नै मूलुकमा रोजगारी सृजना गरेर रोक्न सकेमात्र मुलुक समृद्धिको दिशामा अगाडी बढ्छ । त्यसको लागि व्यवसायीहरुले आफूलाई हिम्मत गरेर उत्पादन मुलक उद्योगहरु संचालनमा लाग्नैपर्छ ।’

नेपाललाई आज विश्वमा मजदुर उत्पान गर्ने मूलुकको रुपमा चिन्ने गरेको भन्दै यो खराव परिचय फेर्न र रोजगारीको लागि विदेशीने युवाहरुलाई स्वदेशमै रोजगारी दिन व्यवसायीहरुले उद्योग धन्दा सञ्चालन गनुपर्ने मन्त्री यादवको जोड थियो ।

नयाँ उद्योग सञ्चालनका लागि सरकारको तर्फबाट गर्न सकिने सवैखालको सहयोग गर्न आफूतयार रहेको पनि मन्त्री यादवले प्रतिवद्धता जनाए । कार्यक्रममा २ नम्वर प्रदेशका आर्थिक मामिला तथा सामाजिक विकास मन्त्री विजयकुमार यादवले संघीयता अझैपनि संक्रमणकालमै रहेको भन्दै संघीयता विरोधीहरुले अझै विभिन्न खालको भ्रम फैलाइरहेकोले सतर्क रहन आग्रह गरे । उनले भने, ‘स्थानीय, प्रदेश तथा संघिय निर्वाचन पश्चात सरकार बनेको वर्षदिन वितिसक्दा पनि कर्मचारीहरुले संघीयताको मर्मअनुसार काम गर्न आनाकानी गरिरहेका छन् ।’

प्रदेश नं. २ मा दुईहजार एक सय ८१ कर्मचारी आवश्यक रहेपनि आजसम्म दुई सय ५१ ज्ना कर्मचारी मात्र रहेको भन्दै कर्मचारी विभिन्न बाहाना देखाएर संघियताकै विपक्षमा रहेको बताए । उनले भने, ‘नेपाल सरकारको कर्मचारी हो, ‘उसले जहाँ गएर पनि सेवा गर्नुपर्छ, तर अहिले विभिन्न बाहाना देखाएर संघियतालाई नै धरापमा पार्ने काम गरिरहेको छ ।’

कार्यक्रममा संघीय सासंद लिलानाथ श्रेष्ठ, पूर्व सामान्य प्रशासन मन्त्री अजयशंकर नायक, प्रदेश सासंदहरु रामकुमार यादव, प्रमोद यादव, जगतप्रसाद यादव लगाएतको उपस्थिति रहेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप