न्यायाधिवक्ता निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
शुक्रबार, २८ मङ्सिर २०७५, १६ : ४६
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ८० हजार घुस मागेको अभियोग निरौलामाथि लागेको छ । यस्तै कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई रु सात हजार घुस लिँदा लिँदै गरेको अवस्थामा आयोगको टोलीले आज पक्राउ गरेको हो ।
शेयरधनीको लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि कम्प्युटर अपरेटर आत्रेयले घुस माग मागेको अभियोग लागेको छ । आरोपी आत्रेयमाथि छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरीमा डुबेर बालिकाको मृत्यु
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन