'पहिलो महिला प्रधानमन्त्री बन्ने सपना छ'
काठमाडौं– मिस वल्र्ड प्रतियोगी शृङ्खला खतिवडाले नेपालको पहिलो प्रधानमन्त्री बन्ने सपना बोकेको बताएकी छन् । ‘मलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना छ’ चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाडांै आएपछि शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै शृङ्खलाले आफुलाई पहिल्यैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना रहेको बताएकी हुन् ।
उनले नेपाल हेरक क्षेत्रमा सक्षम हुँदाहुँदै पनि आर्थिक रुपमा सक्षम हुन नसक्दा आफु पछि परेको भन्दै त्यसका लागि मुलुकको आर्थिक अवस्था राम्रो बनाउन जरुरी रहेको आफुले अनुभव गरेको सुनाइन् ।
प्रतियोगिताका क्रममा नेपालीले भोट दिएर साथ दिएपनि आफु टप १२ बाटै बाहिरिनु परेको शृङ्खलाको भनाई छ । ‘टप फाइभमा पनि नपर्दा खल्लो लाग्नु स्वभाविक हो । धेरै नेपालीले आश गर्दै साथ पनि दिएका थिए । तर, निर्णायक मण्डलको निर्णयमा म टप–१२ बाटै बाहिरिए’ पत्रकार सम्मेलनमा शृङ्खलाले भनिन् ।
उनले प्रतियोगितामा भोटिङबाहेक प्रतियोगीहरुको एक महिनादेखिका क्रियाकलापका आधारमा जजमेन्ट हुने गरेकोले आफु त्यसमा कमजोर भएको हुनसक्ने बताइन् । मिस वल्र्डको ताज पहिरिन नपाएपनि समाजमा आफुलाई केही गर्ने चाहानाअनुसार समाजसेवाका केही काम गर्न थालिसकेको भन्दै उनले मिस वल्र्डमा सहभागी भएपछि आफुले धेरै कुरा सिक्ने मौका पाएको बताइन् ।
चीनको सान्या शहरमा भएको प्रतियोगितामा विश्वका १२१ सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये उनी १२ औं नम्बरमा परेकी थिइन् । त्यसमध्ये उनले दुई अवार्ड समेत जितेकी थिइन । खतिवडाले मल्टिमिडियाको साथै ब्युटी विथ पर्पोजको अवार्ड पनि हात पारेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने
-
आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना, हिमाली भूभागमा हल्का हिमपात
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
निसीखोला बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो, २५ घाइतेलाई बागलुङ पठाइयो
-
इरानमा महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ व्यक्तिको मृत्यु : प्रतिवेदन